पूर्व समाजिक विकास मंत्री सुवेदीसहित ३५८ नेताकार्यकर्ता भिम रावलको अभियानमा सहभागी

Image
Nisarga Hospital

एमालेबाट कारबाहीमा परेका डा. भिम रावलको मातृभूमि जागरण अभियानमा नेताकार्यकर्ताको प्रवेश जारी छ। शनिबार मात्रै कैलालीका ३५८ नेताकार्यकर्ता अभियानमा सामेल भएका छन्।

CP Hospital Dhangadhi

Attariya Hospital

nawajiwan

प्रदेश कमिटी सदस्य तथा पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीसहित ३५८ जनाले एमाले परित्याग गर्दै रावलको अभियान रोजेका हुन्। सुवेदीसहितका नेताकार्यकर्ताले पत्रकार सम्मेलन गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका थिए।

उनीहरूका अनुसार कैलालीको गोदावरी र गौरिगंगा नगरपालिकाका करिब २५० संगठित सदस्य तथा अन्य एमाले समर्थकहरू पनि अभियानमा जोडिएका छन्। अभियानमा सहभागिता बढ्दै गइरहेको र थप नेताकार्यकर्ता आकर्षित भइरहेका सुवेदीले जानकारी दिएका छन्।