
डेउडा प्रतिष्ठानको चौथो साधारण सभा पश्चात नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकको पहिलो प्रस्ताव सुदूरपश्चिम प्रदेश सरकारलाई धन्यवाद ज्ञापन प्रस्ताब पारित गरेको छ ।

डेउडा प्रतिष्ठानका नवनिर्वाचित अध्यक्ष सुरत बहादुर रावत डोटेली कान्छाको अध्यक्षतामा बसेको बैठकबाट सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऎन संशोधन गरि हालै संसदबाट पास गरेकोमा खुसी ब्यक्त गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह, सामाजिक विकास मन्त्री मेघराज खडका र सामाजिक विकास समितिका सभापति पुर्ब मन्त्री शिबराज भट्ट सहितका सामाजिक विकास समितीमा रहनु भएका सबै साँसदहरुलाई धन्यवाद ज्ञापन प्रस्ताव पास भएको संस्थाका उपमहासचिव प्रेम बिबश चन्दले बताउनु भयो ।

सरकारले कुलपति,उपकुलपति ,सदस्य सचिव ,परिषद सदस्य ,सभा लगायत सबै पदमा स्रष्टाबाट चयन हुने गरि संशोधन गरेको ऎनको स्वागत गर्दै सरकारलाई धन्यवाद ज्ञापन संगै पहिलो बैठकले संस्थाको स्थापना दिवसको अवसरमा फाल्गुन २४ गतेका दिन डेउडा सम्मेलनको आयोजना गर्ने निर्णय गरेको उपमहासचिव चन्दले बताउनु भयो । पहिलो बैठकबाट विभिन्न संघ संस्था संग समन्वय गर्दै विभिन्न रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने , चियापान भाषिक गोष्ठी, डेउडा सम्मेलन लगायतका निर्णयहरु गर्दै बैठक सम्पन्न भएको थियो ।
































