
नेपाली बजारमा शुक्रबार सुनको मूल्य वृद्धि भएको छ। यसैगरी, सुनसँगै चाँदीको मूल्य पनि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूचीअनुसार माघ १८ गते शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६२ हजार ८ सय रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य १ लाख ६० हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रति तोला १ हजार ९१५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदीको मूल्य १ हजार ८८५ रुपैयाँ थियो।


























