
नेपालमा सुनको मूल्य लगातार उकालो लाग्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार मात्र तोलामा १,६०० रुपैयाँले वृद्धि भएको छ।

यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन तोलाको दर १ लाख ६६ हजार ९०० रुपैयाँ थियो।
यस्तै, चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ। बुधबार तोलाको दर १,९७५ रुपैयाँ रहेकोमा बिहीबार १,९८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


























