
डुबेको भानुका जस्तै हरायो रश्मि मान्छेको
तुफानी रातले सारा सरायो रश्मि मान्छेको

रचे कस्ले झुटो माया खुले आखा भए लोभी
कसोरी खै समाल्ने हो डरायो रश्मि मान्छेको
विधाताको दया कस्तो बनायो रुप प्रेमिको
नशा छाम्दै विधाताले भरायो रश्मि मान्छेको




पराईको भरोसामा लथालिङ्गै भयो प्राणी
छुटे नाता झमेला झैँ मरायो रश्मि मान्छेको
हुदा रैछन् मुखौटामा मिठो बोली कहानी को
दियो धोका भरोसामा चरायो रश्मि मान्छेको
॥१॥
पुर्खाहरुको बिचारमा चलेको गाउँ हाम्रो
कर्तब्य र संस्कारले फलेको गाउँ हाम्रो
दया माया ममता र विश्वासमा बस्दा बस्दै
सुख शान्ति सत्कर्म मै पलेको गाउँ हाम्रो
निश्वार्थ भै सेवा गरी सादा जिवन ज्यूनेहरु
अखण्डको ज्योति सरी जलेको गाउँ हाम्रो
आत्मा सबको बराबरी भन्ने हाम्रा पुर्खाहरु
सदाचार र सत्यता मै ढलेको गाउँ हाम्रो
सुन्दर शान्त बस्ती बाटै शान्ति घोस गर्दा गर्दै
सत्कर्मका पथहरुमा अडेको गाउँ हाम्रो
मेची काली सिमा रेखा तराई र पहाड हुदै
जात जाती भाषा भेष मै जडेकाे गाउँ हाम्रो
॥२॥
जननी र जन्मेको त्यही ठाम प्यारो हुन्छ
तन र मन मिल्ने साथीको नाम प्यारो हुन्छ
न्यानोको आषामा बसेका नीरीहहरुलाई
उषाकालमा उदाएको घाम प्यारो हुन्छ
अभाव र संन्त्रास मै शहरमा बाच्नु पर्दा
प्रकृतिसंगै गाँउको त्यो शान्ति धाम प्यारो हुन्छ
हात जोडी अरुसंग मागी मिठो खानु भन्दा
इलमले कमाएको खश्रो माम प्यारो हुन्छ
कर्म गर्न जता सुकै प्रदेशमा गएपनि
कर्मनिष्ठ भई पसिनाको काम प्यारो हुन्छ
जिन्दगीमा जस्ले जति पैशा दिए पनि
परीश्रम तथा इमानको दाम प्यारो हुन्छ
॥३॥
सबै साथ मिल्दै रमाऊँ न साथी
जसो काम पायो कमाऊँ न साथी
न रोजौ सहारा बिदेशी हरुको
यही कर्म गर्ने समाऊँ न साथी
बतासे कुरामा न अल्झेर ऐले
यहाँ सत्य के हो ठमाऊँ न साथी
कतै मिल्छ गाली कतै मिल्छ माया
र आफन्त मान्दै सजाऊँ न साथी
यहाँ बिघ्न बाधा हजाराैं मिले नी
भरोसा र आषा थमाउँ न साथी
सबै बाट माया कहाँ मिल्छ ऐले
जहाँ मिल्छ माया मेटाऊँ न साथी
यहाँ साथ मागे हुने गर्छ गिल्ला
यहाँ माम आफै जमाऊँ न साथी
लक्ष्मी दत्त भट्ट
धनगढी, कैलाली

































