सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
प्राण झैँ प्यारो मलाई मधेश पहाड हिमाल,
कुनैवेलामा सतलजबाट टिष्टासम्म बिसाल।
CP Hospital Dhangadhi
दुश्मन लागे चौतर्फी भएन विकाश देशमा,
नसोधौँ कोई यो देशको कस्तो छ हालचाल।
न कालापानि न लिपुलेख न लिम्पियाधुरा,
सधैभरी छिमेकी सिमानामै गरिरन्छ बबाल।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
चोरलाई चाबी दिन्छौँ सधैँ ढुक्क पर्छौँ हामी,
नत कतै तारबार हुन्छ न सिमानामा पर्खाल।
कसरी जोगाऊँ दलालको भरमा हाम्रो राष्ट्र,
टुक्रा टुक्रा पारेर दुष्टले खानथाल्यो नेपाल।
॥१॥
पैसाकै लागि सरणर्थी समेत वाइपास भए यहा,
विदेशी दलालहरू पनि उनैका खास भए यहा।
भन्छन् हामिले यो देशमा आमूल परिवर्तन् गर्छौं,
उन्कै दृष्टिमा क्रान्तिकारीहरू उपहास भए यहा।
साम्राज्यवादकै मुख ताक्छन् देश चलाउंनेहरू,
यस्तो हालत छ देशमा समस्यकै रास भए यहा।
अब भाडामा मलामी खोज्नु पर्छ जस्तो देख्छौं,
युवाहरू देश बिहिन परदेशको बास भए यहा।
वृद्धाका साहारा देशका रीढ अर्कैको लागि भए
बा आमा बुढेसकालमा जिउंदा लाश भए यहां।
जसलाई छानिछानी पठाउछौं देशको रक्षक्,
उनै नेताहरू धेरैजसो विदेशीका दाश भए यहा।

॥२॥

आफ्नो मन भित्रका तरङ्ग रहर छचल्किए,
राम्रै हुन्छ यो जता कतै समुन्दर छचल्किए।
तिमी गाउँदै गर मनका बिचार लयबद्ध गरौँ,
राम्रै हुन्थ्यो त्यो आँखीबाट नजर छचल्किए।
दुनियाँलाई बुझ्न त्यती सजिलो कहा हुँन्छ,
रूजाई दिन्छ एकछिन् मै सगर छचल्किए।
अँध्यारो बस्ति पनि झकमक हुनसक्छ सधैँ,
सुन्दर तिम्रो मन र कान्ती अधर छचल्किए।
अमूल्य हुन्छ जीवन खेरा नफालौँ कोई मित्र,
दुर्घट्ना हुनसक्छ जीवनमै सफर छचल्किए।

॥३॥

पुजा गरेर पढाई हुँदैन गरौँ अध्यायन बाबु नानी,
कामलाई सम्झौँ पुजा सधै गरौँ जतन बाबु नानी।
साधनाले सुल्झिन्छ हाम्रा उल्झनहरू समाजमा,
खुबै पढौँ किताबहरू नमानि अमन बाबु नानी।
खेत छैन बारी छैन पढाई गरे काम पाइएला कतै,
कामगरौँ पौरखी बनौँ कुनै नबनौँ डन बाबु नानी।
पुँजिवादी व्यवस्थाभित्र धनकै मात्र शान हुनेरैछ,
कु सँस्कार कुरिती फाल्न बाँधौ कफन बाबु नानी।
स्वाभिमानी स्वाभिलम्बी बनौँ देशका शान तिमी,
सुन फल्छ देशभित्र काम गरे दनादन बाबु नानी।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur