
साताको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य रूपमा वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाल सुन तोलामा रु १०० ले बढेर रु १,६८,२०० पुगेको छ। शुक्रबार यसको मूल्य रु १,६८,१०० थियो।
यस्तै, चाँदीको मूल्य भने घटेको छ। शुक्रबार तोलामा रु १,९८५ मा कारोबार भएको चाँदी आइतबार रु १,९६० मा झरेको छ।
बजार विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै स्वदेशी बजारमा पनि सुनचाँदीको मूल्यमा परिवर्तन आउने गरेको छ।


























