
नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। अघिल्लो दिनको तुलनामा बिहीबार छापावाल सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेर १ लाख ६९ हजार ८०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार छापावाल सुनको मूल्य तोलाको १ लाख ६७ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ९३० रुपैयाँ रहेको चाँदी बिहीबार ३५ रुपैयाँले बढेर १ हजार ९६५ रुपैयाँ पुगेको छ।
नेपालमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार निर्धारण हुने भएकाले आगामी दिनमा पनि मूल्यमा परिवर्तन आउने अनुमान गरिएको छ।


























