नेपाल आयल निगमले पेट्रोलको मूल्य बढायो, डिजेल र मट्टितेलको घट्यो

Image
Nisarga Hospital

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने भएको छ।ए

CP Hospital Dhangadhi

समायोजन अनुसार, पेट्रोलको मूल्य बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य घटाइएको छ। अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पुगेको छ।

त्यस्तै, डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ तोकिएको छ।

नेपाल आयल निगमका अनुसार, पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो रहेका छन्। दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दीपायलका डिपो समावेश छन्।

नयाँ समायोजन अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले बढाइएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाइएको छ।