
म तिम्रो जिन्दगीमा सिटामोल बन्न चाहन्छु प्रिय,
तिम्रो मुर्जाएको अनुहारमा मुस्कान छर्न चाहन्छु प्रिय!!
तिम्रो जिन्दगीमा म आएपछि ,,
तिम्रा सबै दुःख पीडा र रोदन मेटाउन चाहन्छु।।

म तिमीमा यसरी बाँधिन चाहन्छु कि,
जसरी सिटामोलको एकएक कण cyclooxygenases अर्थात् cox Enzymes मा बाँधिन्छ,
त्यसरी नै बाँधिन चाहन्छु प्रिय र,
तिम्रा हरेक बिरामी ठिक पार्न चाहन्छु।।
त्यो सिटामोलले यो शरीरमा
antipyretic , Analgesics र Antiinflammatory जस्ता प्रभाव देखाए जस्तै
म पनि तिम्रो जीवनमा यस्तै प्रभाव दिन चाहन्छु प्रिय!!
तिम्रा शरीरका ज्वरो, लगायत दुखाई कम गर्न चाहन्छु।
म तिम्रो जीवनमा सिटामोल बन्न चाहन्छु प्रिय!!!




त्यो सिटामोलले Antipyretic effect देखाउन cox-3 र Analgesics effects देखाउन cox-2 enzymes inhibit गरे जसरी नै
म तिम्रो जीवनमा खुसी शान्ति ल्याउन चाहन्छु
तिम्रा हरेक परेशानी र बाधाहरूलाई inhibit गर्न चाहन्छु।
म तिम्रो मुटुको धड्कन….
फोक्सोको श्वास…. र
मस्तिष्क को नशा बन्न चाहन्छु
तिम्रो जीवनभरि…
म त्यो सिटामोल जसरी सहजै र कम मूल्यमा उपलब्ध हुन्न दुनियाँका लागि…
तर तिम्रा लागि म हरबखत उपलब्ध हुनेछु प्रिय!!
सिटामोल जसरी
किनकि म त केवल तिम्रो मात्र दुखाई निवारण मान्छे हुँ अर्थात् (सिटामोल हुँ )
बिना side effects
केवल तिम्रा लागि
मात्र तिम्रा लागि
तर तिमीले कहिल्यै पनि मेरो विपरीत N-acetylcysteine जस्ता मान्छे नल्याउनु
तिम्रो जीवनमा
किनकि म तिम्रो जीवनमा सुख शान्ति ल्याउन चाहन्छु
म तिम्रो जिन्दगीमा
सिटामोल बन्न चाहन्छु
बन्ने छु
…र… बनिरहनेछु
सधैँ सधैँ जीवनभरि
मात्र तिम्रो बन्नेछु मात्र तिम्रो बन्नेछु प्रिय !!
प्रतिज्ञा अधिकारी
































