पारस भट्ट प्यासीको कविता- नेता ज्यु तपाईं सुध्रिनुपर्छ

Image
Nisarga Hospital

जडैदेखि उखेली फालिदिनुस्
भ्रष्टाचारको बोटलाई,
मूलै सुकाइदिनुस्, नसानसामा फैलिएको क्रूर सोचलाई।
विकास कार्यमा धूपबत्ती बाल्नुहोस्,
सफा राख्नुहोस् मनलाई,

CP Hospital Dhangadhi

देश र जनताको लागि सोच्ने स्मरणशक्ति
सुक्नै लाग्यो पात झर्नै लागे
हाँगा भाँचिनै लागे
सधैँ चिसो पानी पार्नुस्
शिथिल पार्नुहोस् दिमागलाई,
तर बेहोसी नबनाउनुहोस् विवेकलाई।

भ्रष्टाचारी नबनिदिनुस्, इमान नबेचिदिनुस्,
स्वार्थी मनलाई मुक्त गरिदिनुस्।
जनताका सपनाहरू कुल्चेर,
सभामा भाषण न तत्ताउनुस
जनतालाई नभुल्याउनुस्!

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कुर्सीकै घमण्डमा रम्नेहरू,
सम्झनुहोस्, समय फेरिन्छ,
बिहान सुर्य उदाउँछ
साँझ अस्ताउनै पर्छ !

सत्तामै सधै आफ्नै राज होला नसोच्नु
भोलि सत्ता पल्डिन सक्छ
त्यसले इमानको ख्याल गर्नुस्
ईमान बेच्ने बानी त्यागी,
कर्मलाई शुद्ध बनाउनुहोस्,
जनतालाई आश्वासन मात्रै नदिनुस्
सत्य गर्नुस् सत्य बोल्नुस्
जनताको आवाज नसुन्ने
कानहरू खोल्नुहोस्

तपाईंलाई अझै थाहा छैन
जनताको धैर्यको बाँध कहिल्यै पनि फुट्न सक्छ
जनताको आँशुले पोल्न सक्छ
तपाईं खरानी बन्नु पर्ने दिन आउन सक्छ!
नेता ज्यु तपाईं सुध्रिनुपर्छ

पारस भट्ट प्यासी ..

सुदुरपश्चिम बैतडी

Dhnagadhi & Krishanapur