साधनापथ एकेडेमीका विद्यार्थीहरूले ७ दिनमै भविष्यमुखी रोबोट निर्माण गरे

Image
Nisarga Hospital

अत्तरियाः साधनापथ एकेडेमीका विद्यार्थीहरूले अत्याधुनिक प्रविधियुक्त भविष्यमुखी रोबोट निर्माण गरेका छन्। विद्यालयका विद्यार्थीहरू आयुष बम, रबिन भट्ट र धिरज ऐरले मात्र ७ दिनमा उक्त रोबोट तयार गरेका हुन्। गोदावरी आविष्कार केन्द्रको सहयोगमा निर्मित रोबोट विद्यालयको प्रतिभा उत्सव (२०८१ फागुन १०) मा प्रदर्शनका लागि बनाइएको हो।

CP Hospital Dhangadhi

यस रोबोटमा प्राकृतिक आँखाको झल्को दिने प्रविधि, स्पर्श संवेदन (टच सेन्सिङ), रिमोट कन्ट्रोल, ब्लुटुथ संवाद, हात मिलाउने (ह्यान्डशेक) प्रणाली, सानो ट्रे बोक्ने क्षमता, घाँटी हल्लाउने प्रणाली, तथा २० वटा प्रश्नको उत्तर दिन सक्ने क्षमता जस्ता विशेषताहरू छन्।

Attariya Hospital

विद्यालयका प्रधानाध्यापक लोकराज उपाध्यायले विद्यार्थीहरूको सिर्जनशीलता र मेहनतको प्रशंसा गर्दै भने, “विद्यार्थीहरूले छोटो समयमा प्रभावशाली आविष्कार प्रस्तुत गरेका छन्। यो परियोजनाले प्रविधिमा उनीहरूको रुचि अझ बढाउनेछ।”

nawajiwan

विद्यालय प्रशासन तथा अभिभावकहरूले पनि विद्यार्थीहरूको उपलब्धिलाई उच्च मूल्यांकन गर्दै यस्ता आविष्कारहरूलाई निरन्तर प्रोत्साहन गर्ने प्रतिबद्धता जनाएका छन्।