
नेपाली बजारमा सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ। आइतबार तोलामा ३०० रुपैयाँले बढेको छापावाल सुनको मूल्य सोमबार थप ५०० रुपैयाँले वृद्धि भई १ लाख ७० हजार ८०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन अर्थात् आइतबार छापावाल सुन तोलामा १ लाख ७० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो। यसअघि शुक्रबार यसको मूल्य १ लाख ७० हजार रुपैयाँ कायम थियो।
यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदी सोमबार १५ रुपैयाँले वृद्धि भई १ हजार ९८५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

























