
अत्तरिया : राष्ट्रबादी युवा समूहले कैलालीको अत्तरियादेखि धनगढीसम्म वृहत मोटरसाइकल ¥याली निकालेकोे छ ।


आज (मंगलबार) राष्ट्रवादी युवा समुह ले राष्ट्रिय झण्डा सहितको वृहत ¥याली निकालेको हो । -यालीमा सहभागीहरुले प्रदेश संरचना खारेज गर, हिन्दु राज्य कायम गर जस्ता नाराहरु लगाएको जानकारी ¥यालीका संयोजक बिराज बिष्टले बताए ।

र्याली धनगढी पुगेर कोण सभामा परिणत भएको छ । र्याली पछिको कोण सभालाई सांसद धबल सम्शेर राणाले सम्बोधन गरेका हुन । प्रदेश संरचना खारेज, राज संस्था सहितको हिन्दु राज्य पुनःस्थापन र भ्रष्टाचार विरुद्ध दबाब दिने उदेश्यले र्यालीको आयोजना गरिएको राप्रपाले जनाएकोे छ ।


















