
किन यो देशलाई प्राण दिने रहर लाग्छ,
जीवन शङ्घर्षकै अनौठो सफर लाग्छ।

जता पनि उस्तै अन्धकारमा निसासिंदो,
बिना पानी फूल मुर्झाएको अधर लाग्छ।
कसैले गरेका गलतिको सजायं पाएका,
बिना पानी तड्फिएको सधैं बगर लाग्छ।




भलाईको जमाना रहेन की आज भोली,
भला मानस किन अचेल बेकदर लाग्छ।
खै कस्ता दिन आए छ दिन मै अंंध्यारो,
मानिसलाई मानिससङ्ग किन डर लाग्छ।
अत्यचार झेलेकाहरू धेरै लड्न नसकी,
न्याय पाउंन आफ्नै बदलेको थर लाग्छ।
॥१॥
न मानो भयो न छानो भयो उखान सधैँ भयो,
बलीको बोको गरिबको खानदान सधैँ भयो।
चोखो परिश्रमबाट एउटा घर बनाउँने सपना,
दुःखलाग्छ पुस्तौँ देखि त्यो अडान सधैँ भयो।
म छिमेकमै थिएं कम्तिमा परिवारको नजिक,
छोरा कुनै साउदी त कुनै जापान सधैँ भयो।
यही दुनियाँ गरिबको लागि हुन्छ नर्क बराबर,
नियम कानुन् बनाउँने त धनमान सधैँ भयो।
आस्था हुन्छ अन्धविस्वास् हुन्छ गरिबहरूमै,
सोजोपन आफ्नैलागि पनि सैतान सँधै भयो।
भन्नेछन् एकदिन मरेछ सुख्ख पायो सबै मित्र,
देखेका सपना चिहानमै समाधान सधैँ भयो।
॥२॥
ऋणमा डुब्यो देश रत कङ्गाल हुनथाल्यो,
भ्रष्टाचार अपराध झन कुचाल हुनथाल्यो।
विदेशकै हातमा पुग्यो राज्य व्यवस्था पनि,
उत्पादन शून्य देशमा अनिकाल हुनथाल्यो।
थाहा छैन धर्म केहो पाप केहो मानिसलाई,
बली दिएर गरेको धर्ममै सवाल हुनथाल्यो।
भन्छन् समाबेसी समाजवाद अन्मुख हामी,
झनै जाती क्षत्रियतामा पर्खाल हुनथाल्यो।
गरिबका घरमा आज पनि अनिकाल हुन्छ,
जहाँ पनि कमिसनको सञ्जाल हुनथाल्यो।
फेरी चुनाव नजिकींदै छ नेता बाक्लिदै छन्,
सडकमा बबाल यो चुनाली ताल हुनथाल्यो।
॥३॥
यस्तो छ सफर वेइमान सम्मानित किन हुन्छ,
अत्याचारीको सधैँ दुनियामा जित किन हुन्छ।
ज जसले सिन्को नै भांचेन कुनै वेलामा पनि,
उस्कै नाम सुनौलो शब्दमै अंकित किन हुन्छ।
छाडौँ यो लाशमा राजनीति नगरौँ अबत भैगो,
राजनीति पार्टीहरूकै दृष्टी सिमित किन हुन्छ।
भनिन्छ औषधीले समेत रिएक्सल गर्छ साथि,
सोंचिरहन्छु औषधीले पनि अहित किन हुन्छ।
देश र जनताको हित चाहान्छु भन्छन् सबैले,
असमानताकै झोलेबन्ने यस्तो रित किन हुन्छ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
































