
निशान गाडीको आधिकारिक वितरक धनगढी सोरुममा पनि मेग्नाइटको नयाँ फेसलिफ्ट संस्करण अनावरण गरिएको छ। निशानको धनगढी शाखामा आज एक कार्यक्रमका बीच कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवर, सोरुमका प्रतिनिधि र पत्रकार महासङ्घका अध्यक्ष लगायतको टोलीले अनावरण गरेका हुन्।

म्याग्नाइट अझ बोल्डर डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहित आएको छ। जसले उत्कृष्ट मूल्यलाई कायम राख्दै अतुलनीय ड्राइभिङ अनुभव सुनिश्चित गर्ने समेत देखिन्छ। म्याग्नाइट लाइन अफ चारवटा ‘रिफ्रेस्ड’ भेरियन्टहरुमा उपलब्ध छ।
निशान म्याग्नाइटको नयाँ फ्यासलिफ्टको आधिकारिक सुरुवात फागुन ९ थापाथली स्थित निशानको सोरुममा सम्पन्न भएको थियो। भने सोही क्रममा आज देखि निशानको शाखा सोरुम धनगढीमा पनि उक्त नयाँ म्याग्नाइट उपलब्ध रहेको सोरुम म्यानेजर करिना अन्सारीले बताइन्।




पछिल्लो समयमा इलेक्ट्रोनिक गाडीहरूको माग बढेकाले पनि निशानको न्यु निसान म्याग्नाइट गाडीले बजार पाउनेमा समेत विश्वस्त भएर नयाँ मोडेल लिइएको देखिन्छ। त्यसको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार छ ।
निसानको यो मोडेल सबैभन्दा विकसित, आधुनिक र आकर्षक समेत देखिन्छ।


































