धनगढी रंगशलामा शनिवार धनगढी एफ.सी. को ‘ट्यालेन्ट हन्ट’ हुने

Image
Nisarga Hospital

धनगढी: धनगढी रंगशलामा धनगढी एफ.सी. को ‘ट्यालेन्ट हन्ट’ हुने भएको छ । नेपाल सुपर लिग एनएसएलको आगामी सिजनका लागि धनगढी एफसीले शनिवार ‘ट्यालेन्ट हन्ट’ गर्न लागेको हो ।

CP Hospital Dhangadhi

कैलाली जिल्ला फुटबल संघको प्राविधिक सहयोग र एसपीए कलेजको सहयोगमा धनगढी एफसीले भोली फागुन १७ गते शनिवार बिहान ०८ः४५ बजे बिहानबाट ‘ट्यालेन्ट हन्ट’ गर्ने जनाएको छ ।

‘ट्यालेन्ट हन्ट’मा सहभागी भई पहिलो एक जना विजेता खेलाडी नेपाल सुपर लिग २०२५ का लागि धनगढी एफसीको टिममा छनोट हुनेछन् । भने ३ जना खेलाडीलाई ‘ड्रिमर्स अफ धनगढी’ नामकरण गरी एसपीए कलेजमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिने डीएफसीको मातृ संस्था गो ड्रिमर्सले जनकारी दिएको छ ।

nawajiwan

‘ट्यालेन्ट हन्ट’मा सहभागी हुनका लागि कुनै राष्ट्रिय लिगमा नाम दर्ता नभएको र २३ वर्षभन्दा कम उमेरका समूहको सुदूरपश्चिम प्रदेश बासी नेपाली नागरिक हुने पर्ने प्रावधान राखिएको छ ।

Attariya Hospital

नेपाली क्रिकेट टोलीका स्टार खेलाडी दीपेन्द्रसिंह ऐरीलाई आफ्नो एम्बेसडर नियुक्त गरेको धनगढी एफसीले यस अघि नै नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर कृतिश रत्न छुन्जुलाई आफ्नो मार्की खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।

त्यस्तै, क्लबले लेबनानी प्रिमियर लिग क्लब बुरज एफसीका स्ट्राईकर अहमद हिजाजीलाई लोनमा साइन गरेको छ । हिजाजीले एनएसएल २०२३ मा धनगढी एफसीबाट खेलेका थिए । जहाँ उनले ४ गोल गर्दै टिमलाई फाइनलसम्म पुर्‍याएका थिए । धनगढी एफसी एनएसएल २०२१ र एनएसएल २०२३ दुवै संस्करणमा उपविजेता बनेको थियो ।

धनगढी एफसीले नेपाल सुपर लिगको आगामी सिजनका लागि जुआन म्यानुएल मार्टिनेज सेजलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ भने सहायक प्रशिक्षकमा धनगढीका भिष्म भाट रहेका छन् ।

https://www.facebook.com/share/1AKuFyNJvE/

Advertize US