सुदूरपश्चिममा अहिलेकै सरकारले नयाँ बजेट ल्याउने: मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट अहिलेकै सरकारले ल्याउने स्पष्ट पारेका छन्।

CP Hospital Dhangadhi

धनगढीमा आयोजित “समृद्ध सुदूरपश्चिम प्रदेश निर्माणमा प्रदेशसभा सदस्यको भूमिका” विषयक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजेट निर्माण प्रक्रियामा सरकार प्रवेश गरिसकेको बताए।

“कोही कतै द्विविधामा नपर्नुहोस्, अहिलेकै सरकारले नयाँ बजेट ल्याउनेछ। यो छलफल र संवाद पनि नयाँ बजेट निर्माणको सन्दर्भमै हो,” मुख्यमन्त्री शाहले भने।

nawajiwan
Attariya Hospital

उनले सुदूरपश्चिम प्रदेश सरकार संघीय गठबन्धनसरह अघि बढ्ने उल्लेख गर्दै, संघीय सरकार रहँदासम्म प्रदेश सरकार पनि निरन्तर रहने स्पष्ट गरे।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्ना डोटीले आयोजना गरेको कार्यक्रममा मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव, मुख्य न्यायाधिवक्ता, मन्त्रालयका सचिवहरू, तथा प्रदेश नीति तथा योजना आयोगका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण विज्ञ गोपिनाथ मैनाली र जुद्ध बहादुर गुरुङले गरेका थिए।