
निजि तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) को केन्द्रीय सचिव पदका लागि सुदूरपश्चिम प्रदेशका यज्ञराज हमाल (योगेन्द्र) ले दाबी गरेका छन्।

फागुन २६ गतेदेखि काठमाडौंमा सुरु हुने १६औँ राष्ट्रिय महाधिवेशनमा उनले उम्मेदवारी दिने घोषणा गरेका छन्। हाल उनी प्याब्सनको केन्द्रीय सदस्यको रूपमा सक्रिय छन्।
शिक्षा क्षेत्रमा २८ वर्षदेखि संलग्न हमालले संस्थागत विद्यालयहरूको हकहितका लागि आफूले उम्मेदवारी दिएको बताए। उनले गोदावरी-२ स्थित जनकल्याण इङ्गलिस स्कुलका संस्थापक हुन्। विद्यालय क्षेत्रमा मात्र नभई उनले विभिन्न सामाजिक संस्थाहरूमा समेत सक्रिय भूमिका निभाएका छन्।


सुदूरपश्चिम प्रदेशमा प्याब्सनका ६० जना मतदाता सदस्य रहेका छन्।






























