प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा धनगढी सभाहल उद्घाटन: देश विकासमा अग्रसर रहेको धारणा व्यक्त

Image
Nisarga Hospital

प्रधानमन्त्री ओलीले धनगढीमा निर्मित धनगढी सभाहलको पनि उद्घाटन गरेका छन् । शहरी विकास मन्त्रालयको लागतमा धनगढी उपमहानगर वडा नम्बर ८ मा निर्माण गरिएको सभाहलको एक समारोहबीच प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् ।

CP Hospital Dhangadhi

सभाहल उदघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देश विकासको बाटोमा अघि बढिरहेको बताए । उनले धनगढी सभाहल पनि विकासकै प्रमाण रहेको बताए । उनले भने – ‘यसको अधिकतम उपयोग गर्नुस् ’ व्यवस्था परिबर्तन भयो अवस्था परिबर्तन भएन भन्ने मान्छे छन् तर त्यो गलत रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले भने– ‘सुदूरपश्चिममा धेरै विकास भएको छ, अझै विकासको क्रममा छ । देश विकास हुन्छ, हामी गर्छाै सबै नेपाली मिलेर ।’

nawajiwan

Attariya Hospital

सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाइ, धनगढीले निर्माण गरेको सभा गृह धनगढी उपमहानगरपालिकालाई हस्तान्तरण समेत गरिएको छ । प्रधानमन्त्री ओलीले धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाललाई सभा गृह हस्तान्तरण गर्दै उद्घाटन गरेका हुन् ।

सङ्घीय सरकारले ३२ करोड २५ लाख ९७ हजारको लागतमा सभा गृह निर्माण गरेको हो । सहरी विकासले २०७५ माघ २ गते सभा हल निर्माणका लागि सम्झौता गरेको थियो। निर्माण कम्पनीले २०७९ असार २४ गते ‘धनगढी सभा गृह’ सहरी विकासलाई हस्तान्तरण गरेको हो ।

सभा गृह (सिटी हल) बिकेवाई एमके रोयल जेबीले निर्माण गरेको हो । धनगढी उपमहानगरपालिका–८ मा एक बिघा क्षेत्रफलमा सभा गृह निर्माण गरिएको छ । सभा गृहको मुख्य हलमा सात सय ५३ जनाको क्षमता रहेको छ । दोस्रो तालिम हलमा दुई सय १० जनाको क्षमता रहेको छ । सभा गृहमा ४६ वटा कारहरू र ९८ वटा मोटरसाइकल एक साथ प्राकिङ्ग गर्न सकिने छन् । विशिष्ट व्यक्तिका लागि खाना खाने ठाउँ पनि सभा गृहमा निर्माण गरिएको छ। सभा गृह भित्रै प्रशासनिक कक्ष, चेन्जिङ रुम, विशिष्ट कक्षको व्यवस्था रहेको हो ।