देशद्रोही देश देश प्रेमी बन, भ्रस्टाचारी समाजसेभी बन होलिको रंग दल आफुलाई बदल..

Image
Oplus_16908288
Nisarga Hospital

जब फागुनको महिनामा सिरिसिरे हावा चल्छ,
मन पनि चञ्चल चंचल गर्छ
रंगहरू हाँस्न थाल्छन् ,प्रकृतिले पनि मीठो गीत गाउछ।
जब जब होली आउँछ!
मनमा उल्लास छाउँछ

CP Hospital Dhangadhi

होली ले भन्छ
छाड तिमी कालो मुख बनाएर हिड्न
एक अर्कामा भेदभाव गर्न
कसैलाई हेप्न ,घोच्न
कसैको चित्त दुखाउन
लेउ रंग दल
रगिन बन
देशद्रोही देश देश प्रेमी बन
भ्रस्टाचारी ,समाजसेभी बन
होलिको रंग दल
आफुलाई बदल !

होली केवल रङको पर्व होइन,
होली कथा हो ,
होलिका दहनसँगै अहंकारको पतन भएको
होलि कथा हो
जसले सत्यलाई बचायो, छल कपटलाई जलायो,
र, सन्देश दियो माया नै सगरमाथा हो!

nawajiwan
Attariya Hospital

होली राधाकृष्णको सम्बन्ध हो,
गोकुलका गोपिनीहरूको मायाको साक्षी हो,
र जब जब होलि आउँछ
मान्छे रङ्गमा हराउँछ
र सबै एउटै फूलझैँ फक्रन्छन्।

सधैंका बर्ष झैं यो बर्ष पनि होली आएको छ
एक आपसमा रङ दलौँ रिस पखाखौँ
रङ दलौँ मन जोडौँ
रङ दलौँ मनका गाँठो फुकाउ!
साथी भाईमा रङ साँटौं,
सबै भुलेर हाँसो बाँडौँ
मनमा माया, मुहारमा खुशी छरौँ
र यो जिन्दगीलाई होलीमय बनाउँ!

पारस भट्ट प्यासी ..
सुदुरपश्चिम बैतडी

Advertize US