
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- २ मा रहेको गुरुकुल डान्स एण्ड फिटनेसले सुप समावेशी आधारभूत विद्यालयलाई सहयोग गरेको छ ।

गोदावरी- २ मा रहेको उक्त विद्यालयलाई खाद्यान,तथा शैक्षिक सामग्री गरि करिब ७ हजार बराबरका सामग्री सहयोग गरेको हो ।
शनिबार रविन कला केन्द्रका संस्थापक सदस्य सुरज शाहको प्रमुख आतिथ्यतामा आयोजना गरिएको एक कार्यक्रममा गुरुकुलका प्रशिक्षक हेमराज भट्टले विद्यालयकी अध्यक्ष बिस्ना देवी बोहरालाई सामग्री हस्तान्तरण गरेका हुन् ।


सामाजिक दायित्व अन्तरगत विद्यालयलाई उक्त सामग्री सहयोग गरिएको भट्टले बताएका छन् ।
उनले केहि दिनमा विद्य शिविरको आयोजना गरिने पनि बताए । स्वास्थ्यसामग्री ग्रहण गर्दै विद्यालयकी अध्यक्ष बोहराले गुरुकुल परिवारलाई धन्यवाद व्यक्त गरिन् ।































