कैलालीको गोदावरीमा एक युवकको शव फेला

Image
Nisarga Hospital

कैलालीको गोदावरीका एक युवकको शव फेला परेको छ । मंगलबार बिहान गोदावरी नगरपालिका – ६ हरैयामा अन्दाजी २८ वर्षका युवकको शव फेला परेको हो ।

CP Hospital Dhangadhi
Attariya Hospital

युवकको सडक किनारामा रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताए । उनले युवक गौरीगंगाको मोया भन्ने ठाउँको भएको स्थानीयले बताए पनि यकिन हुन नसकेको बताए । प्रहरीले घटनाको अनुसन्धान जारी रहेको जनाएको छ ।

nawajiwan