सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
दुश्मनको त योजना सधैँ खास हुन्छ,
नेता सँग विजन छैन बकवास हुन्छ।
CP Hospital Dhangadhi
के चाहियो भोकालाई पेटभरी खाना,
दुम हल्लाउँने सङ्केत त दाश हुन्छ।
कसैको स्वार्थमा यहाँ कसैको पराण,
सित्तैमा आकंक्षा नि सत्यनाश हुन्छ।
nawajiwan
घर धितो राखि पठायो छोरा फर्कदाँ,
रातो बाकसमा ऊ मरेको लाश हुन्छ।
जानेर मर्न गारो हुन्छ अर्कै छ कथा,
जीवनभरी साँचै शंघर्षको रास हुन्छ।
कतिदीन लुकाउला टोकरीले बिरालो,
एकदिन म्याउँ गर्छ र पर्दा फास हुन्छ।

॥१॥

धेरै धन आयो भने मानिस बुद्दीहिन हुनेरैछ,
अरूको बिचार सुन्नैनसक्ने एकछिन हुनेरैछ।
भन्छन् बहुलाकै पनि दिमाख चल्छ छिट्छिट्टै,
यहाँ जन्मिने हुर्किने मर्ने सबैको दिन हुनेरैछ।
अनाडीलाई केथाहा क्रान्तिको आस गरिरह्यो,
के थाहा मान्छे सधैँ रूपियाँकै अधिन हुनेरैछ।
उनैले व्यवस्था पल्टाए र उनैले उल्टाउँन थाले,
शोषक फटाह जस्तो धेरै सत्तामा लिन हुनेरैछ।
जनतालाई काम छैन दाम छैन र लुट्टिन्छ रोजी,
राष्ट्रघातीलाई त स्वर्गमा सिटको एकिन हुनेरैछ।
बाबाले लगाएको रिन सबै खोजि खोजी तिर्यौँ,
थाहा भयो सम्झिनेलाई मात्र रिन रिन हुनेरैछ।
॥२॥
Attariya Hospital
कीन जनताको भबिश्य सँग खेल हुनेगर्छ,
आन्दोलन गर्छन् निर्दोश जेलनेल हुनेगर्छ।
ज जसलाई पास हुनुथियो देशको हितमा,
उनै अहेम बुँदाहरू नै सधैँ फेल हुनेगर्छन्।
सारा जीवन लगायो देश र जनताकै लागि,
उनै महान व्यक्तित्व सधैँ ओझेल हुनेगर्छन्।
भन्छन् त्यही राष्ट्र घाती हो र जनघाती हो,
सरकार बनाउँन गठबन्धन् वेमेल हुनेगर्छन्।
सङ्घीयता बाख्रो टाउकोमा सिङ भैँशिको,
बिकास शुन्य उखानमा भने रेल हुनेगर्छन्।
जीवन दाउँमा राखेर विदेशमा निमेक गर्दा,
पसिना र रगतको सटो अपहेल हुनेगर्छन्।

॥३॥

छोराको स्वतन्त्रताकै रहर मनमा राख्यो,
बा शहीद भयो उसैले भर मनमा राख्यो।
बाबाकै लाशमा टेकेको छोरालाई अचेल,
पचेन स्वतन्त्रता उही गदर मनमा राख्यो।
सडकबाट नारा लगायो प्रतिगमन आऊ,
पानी सुकेको बगरकै सफर मनमा राख्यो।
शान्ति सु व्यवस्थाका लागि होइन लडाई,
लडाईकै लागि लड्ने डगर मनमा राख्यो।
भूत भएपनि वर्तमान हो र भविश्य पनि,
हात बाँध्यो र त्यसको भर मनमा राख्यो।
नुन चुक काटेकै गर्धनमा लगायो बाबाको
तड्फिए कलोकै लोभी चर मनमा राख्यो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८