चेलीबेटीमाथि हुने अन्याय र अत्याचारविरुद्ध प्रतिज्ञा अधिकारीको समयसापेक्ष कविता:

Image
Nisarga Hospital

कविता- आमा तिम्री छोरी, छोरी मात्र भइन्

CP Hospital Dhangadhi

भविष्य बनाउन घरबाट निस्केकी
तिम्री छोरी
घरको आँगन नाघेर केही अघि बढ्दा सम्म
छोरी थिइ ‌
सुन्दर भविष्य बनाउँछु भन्ने सपना बोकेकी
तिम्री छोरीले, अन्जानमा आफ्नो सुन्दर जवानी नै गुमाइसकि,

तिमी गर्व गर्दै हिड्न छोडिदेऊ आमा
अब गाउँमा,मेरी छोरी संस्कारी छ, इमान्दारी छ भन्दै,
जति तिम्ले संस्कार दिएर संस्कारी बनाए नि,
जति नै इमान्दारी भए पनि
आफ्नो अस्मिता जोगाउन सकिन मैले
यो भुसिया पुरुष भएको समाजमा
अब आश पनि राख्न छाडिदेऊ आमा,
छोरीको भविष्य सुन्दर हुन्छ भनि!

nawajiwan

केही बर्षको फुल जस्तो सुन्दर जवानी
त हेर्न नसक्ने यो समाजले
तिम्रो छोरीको पुरा भविष्य सुन्दर कसरी हेर्न सक्लान्?
सक्दो नङ्ग्याउलान् मलाई सामाजिक सञ्जालमा,
सके जति एसिड प्रहार गर्लान् मेरो कोमल चेहेरामा,
एकै पटक सयौंले इज्जत लुट्न खोज्लान्।

भयो, अब आश राख्नै छाडिदेऊ आमा,
छोरीको र छोरी मात्र नामको
किनकी घरबाट निस्किँदा छोरी मात्र भएकी
अहिले यो समाजले मेरो पहिचान बदलिदिएको छ।
मेरो नामको सट्टा चरित्रहिन, भनि बोलाउछन्।

Attariya Hospital

मलाई सक्छौं भने माफ गर आमा
तिम्ले नौ महिना कोखमा सुरक्षित राखेर,
यतिका वर्ष हुर्काइ, बढाइ गर्यौ
तर आज म आफ्नै खुट्टामा उभिने भएपछि
इज्जत जोगाउन सकिन तिम्री छोरीले।
माफ गरिदेउ

छोरीको सुखि जिवनको कल्पना पनि नगर आमा,
बिहे पछी ठिक होला भन्ने, झिनो आशा पनि नराख।
किनकी तिम्ले ज्वाइँ मानेर खुट्टाको पानी खाएकोले नि
केही दिनमै मेरो चरित्रमा दाग लगाउदै
शरिर भरि निल डाम भनिदिन्छ।

हेर त, आमा अब तिम्रो छोरी, छोरी मात्र भइन्,
चरित्रहिन, बलत्कृत अरु के-के भइसकि
आमा, अझै छोरीको सुरक्षा गर्छु भन्ने आँट नगर

तिमी तिम्रो छोरीलाई सुरक्षित देख्न
र, देखिरहन चाहान्छौ भने,
तिम्रो कोखमै मात्र सिमित राख मेरो जिवनलाई
त्यो स्वर्ग जस्तो कोख देखि नजन्माउ
यो दुष्टै-दुष्ट र भुसिया पुरुष बस्ने समाजमा
बरु मलाई तिम्रै कोखमा मात्र सिमित राख,
म त्यहा नौ जुनि सुखै सुखले बाँच्छु
(संस्कारी र छोरी मात्र भएर)।
बिन्ति आमा
बरु मलाई तिम्रै कोखमै मात्र सिमित राख।

प्रतिज्ञा अधिकारी

Advertize US