सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चको २१ औं वार्षिक साधारण सभामा पाँच जना साहित्यकार सम्मानित

Image
Nisarga Hospital

अत्तरिया : साहित्यकार एवं डोटेली भाषी लेखक सुभाष सङ्कल्प भण्डारीलाई ‘हेम स्मृति आमसञ्चार पुरस्कार–२०८१’ प्रदान गरिएको छ ।

CP Hospital Dhangadhi

डोटेली भाषालाई जोगाउन र फैलाउन सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा लेख\रचना प्रकाशित गर्दै पु-याएको योगदानका लागि सुदूरपश्चिम बहुउद्देश्यीय मञ्चले ११ हजार एक सय ११ राशिको उक्त पुरस्कार प्रदान गरेको हो ।
डोटीको गडसेरा शैलकोटिला घर भइ हाल धनगढी उपमहानगरपालिका–५, तारानगर बस्दै आएका भण्डारी शिक्षकसमेत हुन् । उनले लामो समयदेखि डोटेली भाषामा कलम चलाउँदै आएका छन् । डोटेली लघु संवाद र पत्रमार्फत डोटेली भासाका लोप भैरहेका शब्द प्रयोगमा ल्याउन उनी लागि परेका छन् ।

Attariya Hospital

यस्तै समाजसेवाका क्षेत्रमा योगदान पु-याएको भन्दै डण्डीराज जोशीद्वारा स्थापित ११ हजार एक सय ११ राशिको ‘डण्डीराज भागरथीलाई समाज सेवा पुरस्कार २०८१’ दृष्टि फाउन्डेसनकी संस्थापक तथा सञ्चालक समाजसेवी कल्पना भट्टलाई अर्पण गरिएको छ । साथै समाजसेवाकै क्षेत्रमा महत्त्वपूर्ण योगदान पुगाए वाफत धनगढीको मोहनपुर निवासी समाजसेवी दिर्घराज भट्ट लाई ‘डण्डीराज भागरथी आदर्श सम्मान’ अर्पण गरिएको छ ।

nawajiwan

यस्तै ११ हजार एक सय ११ राशिको ‘परिमल स्नेही राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१’ देउडा गायक स्वर्गीय हरिशचन्द्र कडायतलाई (मरणोपरान्त) प्रदान गरिएको सचिव डिल्लीराज जोशीले बताए ।
यस्तै साहित्य क्षेत्रमा योगदान पु-याए वापत सुदूरपश्चिमाञ्चल साहित्य समाजका संस्थापक अध्यक्ष तथा कैलाली जनपुस्तकालयका पूर्वउपाध्यक्ष यज्ञराज यात्रीलाई पनि सम्मानित गरिएको छ । कैलालीको गोदावरी नगरपालिका–३, मालाखेतीमा अवस्थित सुदूरपश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चको २१ औं वार्षिक साधारण सभा समारोहमा उक्त पुरस्कार र सम्मान प्रदान गरिएको हो ।
लाल बहादुर खड्काको अध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का रहेका थिए । कार्यक्रममा गोदावरी नगरपालिका नगरपालिकाका प्रवक्ता तथा वार्ड नम्बर १ का अध्यक्ष गोपालदत्त भट्ट, प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी, बरिष्ठ साहित्यकार पद्मराज जोशी ‘प्रभात’, बरिष्ठ कवि निर्मलकुमार भण्डारी र साहित्यकार टीआर पाठकले आ–आफ्ना धारणा राखेका थिए ।
यस्तै, संस्थाको २१ औं साधारण सभाबाट निवर्तमान अध्यक्ष लाल बहादुर खड्काकै अध्यक्षतामा नयाँ कार्यसमिती गठन गरिएको छ । मञ्चको उपाध्यक्षमा देवराज भट्ट, सचिवमा डिल्लीराज जोशी, कोषाध्यक्षमा हरिशंकर जोशी, सहसचिवमा लेखराज जोशी चयन भएका छन् । सदस्यमा गणेश बहादुर कडायत, सुरेन्द्र संगम, कमला भण्डारी भाट र जानकी कडायत चयन भएका छन् ।