संघ सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्छ : मुख्यमन्त्री शाह

Image
Nisarga Hospital

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले संघ सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्ने बताएका छन् ।

CP Hospital Dhangadhi

मंगलबार भूमि समस्या सामाधान आयोग कैलालीले धनगढीमा आयोजना गरेको भूमि समस्या सामाधान आयोगको कामसँग सम्बन्धित बिषयमा स्थानीय तहका पदाधिकारीहरुका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूमि सम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्ष भित्र समस्या समाधान गर्ने दाबी गरे ।

Attariya Hospital

उनले भने ‘प्रदेशलाई अधिकार प्राप्त हुने हो भने यो प्रदेशको भूमि सम्बन्धी समस्या तीन वर्ष भित्र समाधान हुन्छ । एकैठाउँमा अधिकार भएकारण समस्या हो,संघ सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्छ ।’

nawajiwan

उनले भने ‘संघीय ऐनका, प्रदेश ऐनका कुराहरु छन, यी सबैका बीच प्रदेश सरकार सरासर सधैका लागि यो समस्या समाधान गर्नपर्छ भन्ने हिसाबमा लागेको छ।