
गजल
जनतालाई दुख दिएर सडकमा नारा जुलुस लाएर
कसैका घरहरु जलाएर, कसैका टाउका फुटाएर

धेरै अन्याय अत्याचार नगर्नुहोस् आम नागरिकमाथी
बाहिर रुप सुन्दर भित्र भित्रै खोक्रो सोच बनाएर
देशमा परिवर्तन ल्याउनु छ भने कलम चलाएर ल्याउनुस्
परिवर्तन आउँदैन यसरि सडकमा आन्दोलन मच्चाएर


देश बदल्न हामी सबैले इमानदारी संग काम गर्ने हो
कहिले पनि बन्दैन देश टाइर जलाएर, बम पट्काएर
सक्छौ नयाँ नयाँ कुराको आविष्कार ,अनुसन्धान गर
नहसाईदेउ सारा बिश्वलाई आफ्नो मुर्खता देखाएर !
पारस भट्ट प्यासी ..
सुदुरपश्चिम बैतडी




























