गणतन्त्रको विकल्प राजतन्त्र होइन : एमाले सचिव भट्ट

Image
Nisarga Hospital

अत्तरिया : नेकपा एमाले सचिव तथा पूर्व मन्त्री लेखराज भट्टले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने बताएका छन् । सोमबार अत्तरियामा आयोजित नेपाल शिक्षक संगठनको १४ कैलाली जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

CP Hospital Dhangadhi

उनले भने, “चिहानमा गइसकेको राजतन्त्र कहिले जिउँदो भएर आउन सक्दैन । यसको विकल्प पुनः गणतन्त्र नै हो ।” उनले वर्तमान लोकतान्त्रिक गणतन्त्रमा केही कमी कमजोरीहरू रहेको स्वीकार गर्दै ती कमजोरीको समीक्षा गरेर सुधार गर्नु आवश्यक रहेको बताए । “अहिले कमी कहाँ छन्, कमजोरी के छन् भन्ने कुराको गम्भीर समीक्षा गरेर प्रणालीलाई सुधार्दै जानु जरुरी छ,” उनले भने । समस्याको समाधान संवाद र छलफलबाटै हुने भन्दै उनले भने, “कुनै पनि समस्याको समाधान बहस र वार्ताबाटै सम्भव छ । इतिहासले पनि यिनै उपायहरूबाट समाधान निकालेको देखाएको छ ।”

Attariya Hospital

उनले सरकारले गरेका कामहरू जनतासमक्ष पुगेका छन् । “अहिले स्थानीय सरकारहरू मार्फत पूर्वाधार विकास तीव्र गतिमा अघि बढिरहेको छ । १५ दिन लाग्ने काम १ दिनमै सकिने अवस्था आएको छ,” उनले उदाहरण दिँदै भने । साथै, फास्ट ट्र्याकजस्ता ठूला परियोजनाहरू पनि निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । उनले हिजो पञ्चायत कालमा कति सडक लगायतको निर्माण कार्य भएको छ र अहिले पार्टीले कति विकास गरेको त्यसको समीक्षा गर्न जरुरी रहेको बताए । उनले नेकपा एमाले देशको रक्षाका निम्ति अग्रसर पार्टी भएको बताउँदै उनले शिक्षक समुदायलाई सही र योग्य नेतृत्व चयनमा सक्रिय भूमिका खेल्न अपील गरे ।

nawajiwan