अछामको जयगढबजारका आगलागी पीडितलाई ५० लाख सहयोग गर्ने प्रदेश सरकारको निर्णय

Image
Nisarga Hospital

अत्तरिया: अछामको बान्नीगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा मङ्गलबार बेलुकी भएको आगलागीबाट पीडित भएकाहरुलाई सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आर्थिक सहयोग गर्ने भएको छ ।

CP Hospital Dhangadhi

बुधबार बिहान बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले अछामका आगलागी पीडितलाई तत्कालका लागि ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अछाममा आगलागीबाट पीडित भएका परिवार तथा व्यवसायीलाई प्रारम्भीक चरणमा ५० लाख रुपियाँ सहयोग गर्ने निर्णय भएको जानकारि दिनुभयो ।

nawajiwan

जयगढ बजारका घरमा राखेको ग्यासको सिलिण्डर पड्किएर आगलागी हुँदा बजारमा सात करोड ५४ लाखभन्दा बढी क्षति भएको प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालमा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

Attariya Hospital

प्रदेश सरकारले त्यहाँको स्थलगत अवस्था वुझ्नका लागि सामाजिक विकास मन्त्री मेघराज खण्का र आन्तरिक मामिला मन्त्री हिरा शार्कीलाई राहात सामग्रीसहित जयगढ पठाउने निर्णय समेत गरको जानकारी दिएको छ ।

आगलागीबाट भएको क्षतिका सम्बन्धमा स्थानीय पालिकादेखि सङ्घीय सरकारसम्मलाई राहात, पुनर्निर्माणमा सहयोगको अपिल समेत मुख्यमन्त्री शाहले गर्नुभएको छ ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र मंगलसेन नगरपालिकाको दमकलको प्रयासपछि लामो समय लगाएर आगलागी नियन्त्रणमा लिइएको थियो ।

Advertize US