चारदेशीय टी–२० आई सिरिज: अहिले नेपाल र कुवेत भिड्दै

Image
Nisarga Hospital

हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले आज कुवेतको सामना गर्दैछ।
खेल हङकङको टिन क्वाङ रोड रिक्रिएसन ग्राउन्डमा हुनेछ र नेपाली समयानुसार बिहान ६:४५ बजे सुरु हुनेछ।

CP Hospital Dhangadhi

पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुआत गरिसकेको छ।
कुवेतले पनि हिजो घरेलु टोली हङकङलाई ४ विकेटले हराउँदै विजयी अभियान सुरु गरिसकेको छ।
आजको खेल दुवै टोलीका लागि दोस्रो जितको खोजी हुनेछ।

Attariya Hospital

यस्तै, आज नै दोस्रो खेलमा हङकङ र कतार नेपाली समयानुसार बिहान ११:१५ बजे प्रतिस्पर्धा गर्नेछन्। दुवै टोली पहिलो जितको लक्ष्यमा मैदान उत्रनेछन्।

nawajiwan
Advertize US