प्रधानमन्त्री ओलीबाट कैलाली चेम्बरलाई सम्मानपत्र प्रदान

Image
Nisarga Hospital

अत्तरियाः नेपाल चेम्बर अफ कमर्सको ७४औँ वार्षिक साधारण सभाको अवसरमा कैलाली चेम्बर अफ कमर्सलाई सम्मान गरिएको छ। देशभरका सबै जिल्ला चेम्बरहरूमध्ये उत्कृष्ट कार्यसम्पादन गरेको आधारमा कैलाली चेम्बरलाई सम्मान प्रदान गरिएको हो।

CP Hospital Dhangadhi

कैलाली चेम्बरका अध्यक्ष प्रमोद अधिकारीका अनुसार संस्थागत विकास र चेम्बर गतिविधिको प्रभावकारी विस्तारमा सक्रिय भूमिका खेलेको भन्दै नेपाल चेम्बर अफ कमर्सले कैलाली चेम्बरलाई प्रशंसनीय ठहर गरेको हो।

Attariya Hospital

बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कैलाली चेम्बर अध्यक्ष अधिकारीलाई सम्मानपत्र प्रदान गरेका थिए।

nawajiwan
Advertize US