
कैलालीको कर्णाली नदीमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको लम्की–चुहा नगरपालिका–३ चिसापानी क्षेत्रको कर्णाली नदीमा ५२ वर्षीय पुरुषको शव फेला परेको हो।

कैलाली प्रहरीले कर्णाली नदीमा बग्दै आएको पुरुषको शव फेला परेको बताएको छ। स्थानीयले पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले चिसापानी कर्णाली नदीबाट पुरुषको शव निकालेको छ।

शव चार दिन पहिलाको जस्तो देखिएको प्रहरीले बताएको छ। कर्णाली नदीमा पानीको सतह बढेकाले पहाडी जिल्लाबाट पुरुषको शव बगेर आएको हुन सक्ने प्रहरीले बताएको छ। कालो रंगको कट्टु र खैरो रंगको सर्ट लगाएका उनको सनाखत भने भएको छैन।






























