सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital
मानव समाजमा मानवताकै बेचबिखान हुनथाल्यो,
कतै अञ्जानमा भयो त कतै जानाजान हुनथाल्यो।
CP Hospital Dhangadhi
कस्तो अबस्था सिर्जना गरायो पैसाप्रधान समाजले,
हिँजो आज घर घरमै भ्रष्टाचारकै दोकान हुनथाल्यो।
महंगिले ढाड् नै सेक्यो आँम उपभोक्ताको देशभित्र,
धन सम्पत्तिमा झुण्डिएको सबैको परान हुनथाल्यो।
nawajiwan
भन्छन् निस्वार्थ छौँ हामि देशहरू र जनताकै लागि,
बिगार्यो सबै ढाँचा यहाँ लोकाचार प्रधान हुनथाल्यो।
भोकले सतायो मानिसलाई न बारी छ न पेसा काम,
सोंचिरहंदा डिप्रेसन हुन्छ मनमा तुफान हुनथाल्यो।
गाई भैंशि पाल्न छाडे र जमिन बञ्जर हुनथाल्यो,
दुध दही भन्धा बढी बिक्री मदिरापान हुनथाल्यो।

॥१॥

केही त ठिकपनि होलान रत केही काम हुन्छन्,
अरूको गलतिले उनिहरू पनि बद्नाम हुन्छन्।
सबै दलाल भएकोभए देश कसैको प्रान्त हुन्थो,
सडक सदनमा खबरदार नगरे वेलगाम हुन्छन्।
जनता उठौँ खनौँ चिहान भ्रष्टाचारी अपराधीको,
हामी सचेत नहुँदा त अपराध खुलेआम हुन्छन्।
कामकार्वाही त्यत्तिकै कहाँ हुन्छ आज सरकारी,
काम गराउँन दाम भरिएका मेचमा खाम हुन्छन्।
यो दस्तुर त हाम्रो समाजमा परमपरा जस्तै भयो,
खोल्टीमा दाम भए जहाँपनि खाली ठाम हुन्छन्।
सबै छ देशमा विकासका साधन श्रोत हुन्न प्रगती,
विदेशको दलालि गर्नाले विकासमा जाम हुन्छन्।
॥२॥
Attariya Hospital
सरकारलाई जति भनेपनि वे असर किन हुन्छन्,
विदेशभरि अकालमै मृत्युको खबर किन हुन्छन्।
आफ्नो देशमा मर्नपनि पाएनौँ नागरिक नेपाली,
ए सरकार यो देशका युवाहरू वेघर किन हुन्छन्।
आफ्नो हैसियत अनुसारको काम गरौँ हामी सबै,
सधैँ ऋण र राहत माग गर्ने अक्कर किन हुन्छन्।
फालौँ यो सङ्घीयता जसले देश कङ्गाल बनायो,
संसदमा बसनेहरू दलालि गर्न रहर किन हुन्छन्।
आफ्नै देशका नागरिकहरू संसारको बजार भरी,
विदेशीलाई सम्मान नागरिक वेकदर किन हुन्छन्।
देशैभरी विकाशका साधन श्रोत हुँदाहुँदै पनि खै,
देशका सरकार विदेशीहरू मै निर्भर किन हुन्छन्।
॥३॥
सबैलाई जिउँने आ आफ्नै रहर हुनेहुँदा,
दुनियाँको साझा यो धर्ती सगर हुनेहुँदा।
राम्रोनै नराम्रो सावित गर्नु सबैको आदत्,
मानिसहरू पनि असत्यमै निर्भर हुनेहुँदा।
थाम्छन् आर्काको मियो गर्छन् अनुसरण,
धनमानकै समाजमा बढी कदर हुनेहुँदा।
कसरी भनौँ सही गलत अहिले उल्टा छ,
झुटको लिगमै जिन्दगिको सफर हुनेहुँदा।
दुख्छ मुटुमा रोपेको बाण बिसालु बोली,
जहाँ लागेपनि मष्तिकलाई असर हुनेहुँदा
छिया छिया हुनु हृदय आफ्नै गलती हो,
आवेसमा आएको आफै वेखबर हुनेहुँदा।
सुरेशकुमार पाण्डे दाङ घोराही १८