अत्तरियाको दिव्या रोजिन एण्ड टरपेन्टाइन उद्योगमा आगलागी

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा रहेको दिव्या रोजिन एण्ड टरपेन्टाइन (लिसा कम्पनी) मा आगलागी भएको छ। शनिबार बिहान १० बजे उद्योगको खोटो संकलन ट्याङ्कीमा अचानक आगो लागेको हो।

CP Hospital Dhangadhi

कम्पनीका स्टोर प्रमुख विष्णु देवकोटाका अनुसार मोटर सञ्चालनको क्रममा तार सर्ट भई आगलागी भएको छ । करिब १०–१५ मिनेटसम्म आगो बलिरहे पनि कर्मचारीहरूको तत्कालको सक्रियतामा आगो नियन्त्रणमा ल्याउन सफल भएको जनाइएको छ।

Attariya Hospital

देवकोटाले प्रज्वलनशील पदार्थ भएको स्थानमा कम्पनीले पूर्व तयारी स्वरूप अग्नि नियन्त्रण उपकरणहरू राख्ने गरेको र कर्मचारीहरू एकजुट भएर अथक प्रयास गरेका कारण आगो फैलिन नपाएको बताए। नजिकै कर्मचारीहरू भएकाले ठूलो क्षति हुन नपाएको र ठूलो दुर्घटनाबाट जोगिएको जनाइएको छ।

nawajiwan
Advertize US