संविधान कार्यान्वयन आजको आवश्यकता : प्रदेश प्रमुख मियाँ

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले संविधान कार्यान्वयन आजको आवश्यकता रहेको बताएका छन्।
राष्ट्रिय दलित पत्रकार सङ्घ सुदूरपश्चिमको पहिलो अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै उनले विश्वकै सबैभन्दा उत्कृष्ट संविधान नेपालको रहेको भन्दै अब संविधान र कानुन कार्यान्वयन आवश्यक रहेको बताए ।

CP Hospital Dhangadhi

पत्रकारिता पेसा निकै महत्त्वपूर्ण रहेको भन्दै उनले सबैलाई संविधान र कानुन पालना गराउनको लागि कलम चलाउन पनि आग्रह गरे। पत्रकारिता मार्फत पछाडि परेको समुदायको मुद्धाहरुलाई प्राथमिकतामा राखेर अधिकारको लागि वकालत गरिदिन पनि प्रदेश प्रमुख मियाँले आग्रह गरे।

Attariya Hospital

आफू संविधान सभा सदस्य हुँदाको क्षण सम्झँदै उनले दलित, मधेसी, थारु लगायतका समुदायको अधिकार स्थापित हुनेगरि छलफल गरेको र संविधानमा सोही अनुसारको अधिकार उल्लेख भएको बताए । उनले कानुनी रूपमा छुवाछुत अन्त्य भइसको भन्दै विभेद गरेमा कडा कारबाही हुने बताए ।

nawajiwan

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की, पूर्व सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका, केन्द्रीय अध्यक्ष विनोद पहाडी, उपाध्यक्ष करन ताम्राकार,भीम घिमिरे, मिलन परियार विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, दलित अधिकारकर्मी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
सुनिता विकको अध्यक्षतामा सुरु भएको पहिलो अधिवेशनले शनिवार नयाँ नेतृत्व चयन गर्ने छ ।

Advertize US