
तिमीलाई कुट्न बाहेक के आउँछ र?
लुट!
तिमीलाई लुट्न बाहेक के आउँछ र?
एउटा
सुरक्षा माग्न गएको शिक्षकलाई
अनुहार भरि नब्बे टाका लगाएर पठायौ
बहुत बहादुरी देखायौ!!
सलाम छ
तिम्रो मर्दानगीलाई।।
बहुत तागत देखायौ तिमिले
कसैको टाउको फोडेर, कसैको खुट्टा भाचेर, कसैको आखा नोचेर।
ठिक छ आखा हुनेको आखा नोचेउ
हातखुट्टा हुनेको हातखुट्टा भाचेउ!
तर
आखा र हातखुट्टा बिनाका तमाम शिक्षकहरू
मोर्चाको अग्रपङ्क्तिमा छन।
उनीहरूको के बिगार्छौ भन त!
अब यसो गर
उनीहरूको छातीमा गोलि हान
अनि भन कि त्यो ति आन्दोलन भित्रकै
कुनै शिक्षक साथीले
आफ्नो दुस्मनि निभाउन चलाएको गोलि थियो।
र मोर्चाकै कसैलाई हतकडी लगाउ।।
तिमी बाट यत्ति बाहेक केही हुँदैन!!


पुष्कर साउद
शिक्षक


























