शिक्षामन्त्री र शिक्षकबीच आज दिउँसो निर्णायक वार्ता हुँदै, ९ बुँदे मागमा सहमति खोजिँदै

Image
Nisarga Hospital

शिक्षक आन्दोलनलाई टुंग्याउने उद्देश्यसहित शिक्षामन्त्री र शिक्षक प्रतिनिधिहरूबीच आज दिउँसो २ बजे शिक्षा मन्त्रालयमा निर्णायक वार्ता हुन लागेको छ। नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाका अनुसार, हिजो रातिसम्मको वार्ता सकारात्मक रहेको र आज त्यसलाई अन्तिम रूप दिन पुनः छलफल हुन लागेको हो।

CP Hospital Dhangadhi

महासंघले सरकारसमक्ष ९ बुँदे माग पेस गरिसकेको छ, जसमा मन्त्रिपरिषद्को निर्णय आवश्यक पर्ने विषयहरू पनि छन्।

महासंघका प्रमुख मागहरू यसप्रकार छन्:

nawajiwan

सबै शिक्षक तथा विद्यालय कर्मचारीलाई सातवटै प्रादेशिक अस्पताल र काठमाडौँस्थित निजामती अस्पतालमा स्वास्थ्य उपचारका लागि सहुलियत सुविधा उपलब्ध गराउने।

राहत, अस्थायी, करार, साविक उमावि, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बालविकासका अस्थायी शिक्षक तथा कर्मचारीलाई बिरामी बिदा सञ्चित गर्न दिने र अवकाशको बेला सो बापतको रकम एकमुष्ट प्रदान गर्ने।

Attariya Hospital

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीका लागि खरिदार सरह दरबन्दी कायम गरी मासिक तलब रु ३२,९०२ दिने व्यवस्था मिलाउने।

विद्यालय सहयोगीलाई श्रेणीविहीन कर्मचारी सरह मान्दै मासिक रु २६,०८२ तलब उपलब्ध गराउने र उक्त खर्च सङ्घीय सरकारले व्यहोर्ने।

स्थायी शिक्षकहरूका लागि ग्रेड निर्धारण गर्दै प्राथमिक तृतीय र द्वितीय, निम्न माध्यमिक र माध्यमिक तहका शिक्षकहरूलाई खरिदारदेखि सहसचिव सरह ग्रेड दिने।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने।

यी मागहरूसँगै शिक्षकहरू चैत २० गतेदेखि आन्दोलनमा छन्। चैत २५ गतेदेखि उनीहरूले शैक्षिक हडतालसमेत गरेका छन्। महासंघका अनुसार, सरकारसँग सहमति भएमा आन्दोलनको स्वरूप परिवर्तन गरिनेछ। त्यसअनुसार, कक्षा १२ को परीक्षा संचालन गर्न दिने निर्णयसमेत हुन सक्ने जनाइएको छ।