भारत–पाकिस्तान युद्धविराममा सहमति: तनावपछि शान्तिको संयोग, तर खतरा अझै बाँकी!

Image
Nisarga Hospital

भारत र पाकिस्तानबीच युद्धविरामको ऐतिहासिक सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले आजदेखि लागू हुनेगरी स्थल, आकाश र समुद्रमार्फत हुने सबै प्रकारका सैन्य गतिविधि रोक्ने सहमति भएको जानकारी दिएका छन्।

CP Hospital Dhangadhi

पाकिस्तानका उपप्रधानमन्त्री इशाक दार र भारतका विदेशमन्त्री विक्रम मिस्रीले संयुक्तरूपमा यो सहमति सार्वजनिक गरेका हुन्। भारतका परराष्ट्र सचिव मिस्रीका अनुसार पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) र उनका भारतीय समकक्षीबीच टेलिफोन संवादपछि यो निर्णय भएको हो।

शान्ति स्थापनाका लागि दुबै देशका डीएमजीओहरूलाई तत्काल सहमति कार्यान्वयन गर्न निर्देशन दिइएको छ। साथै, आगामी मे १२ मा दिउँसो १२ बजे पुनः संवाद हुने पनि जनाइएको छ।

nawajiwan
Attariya Hospital

कराँचीस्थित अलजजिराका संवाददाता फारस घानीका अनुसार पाकिस्तानको दक्षिणी सहरमा युद्धविरामको घोषणालाई स्थानीयवासीले स्वागत गरेका छन्। एक स्थानीय चिया पसलमा बसेका अब्दुल शाहिदले भने, “अल्लाहलाई धन्यवाद छ, होस अझै बाँकी रहेछ।”

वरिष्ठ पत्रकार तलत हुसैनका अनुसार, “अब नियन्त्रण रेखामा शान्ति फर्किने अपेक्षा छ, तर यो अवसरलाई सेना हटाउने, तनाव घटाउने, र गम्भीर कूटनीतिक संवाद सुरु गर्न प्रयोग गर्नुपर्छ।”

यता भारत-प्रशासित कश्मीर सरकारले गोलाबारीमा ज्यान गुमाएका परिवारलाई १ लाख रुपैयाँ (झन्डै ११,७०० अमेरिकी डलर) दिने घोषणा गरेको छ। मुख्यमन्त्री उमर अब्दुल्लाहले यस सहयोगलाई ‘समर्थन र ऐक्यबद्धताको प्रतीक’ भनेका छन्।

युद्धविरामको सहमति तत्काल राहतको संकेत भए पनि दीर्घकालीन समाधानका लागि ठोस संवाद, विश्वास निर्माण, र कूटनीतिक स्थायित्व अपरिहार्य देखिन्छ।