सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

किन भाग्नुपर्यो दुःख पनि त खास हुँदोहोला,
यही सरिरभित्र दुःख सुखको बास हुँदोहोला।

CP Hospital Dhangadhi

काल आउँछ जन्मिएकालाई त न मरिहुँदैन,
जिन्दगीको पनि एकदिन अबकास हुँदोहोला।

गनतव्य सबैलाई सोँचेको झैँ न मिल्नसक्छ,
यही मानिस पनि त समयको दाश हुँदोहोला।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

तिमीभन्छौ जीवन खेरा गयो केही न गर्दापनि,
लाखौँ घर बिहिन समय उन्कै नाश हुँदोहोला।

खै जसलाई चोट लाग्छ दर्दपनि उसैलाई हुन्छ,
आफन्तिलाई कहाँ त्यस्तो अहसाश हुँदोहोला।

यहाँ मानिस समयको खेलौना बनेका हुन्छन्,
केथा समयपनि त आफैमा उपहास हुँदोहोला।

॥१॥

मिलेर बसे सुनमा पनि सुगन्ध खास हुनसक्छ
आपसमा लड्दा दुबैतिर सत्यानाश हुनसक्छ।

हेरौँ त त्यो छिमेकमा लागेकैछ आगो दन्किंदा,
जता बतासको प्रभाव उतैपनि लाश हुनसक्छ।

कहाँछ अन्तरराष्ट्रिय संधि कस्ताछन् सम्झौता,
त्यो व्यवहारमा न भएपछि बकवास हुनसक्छ।

जातिय पहिचानको मपाईँमा दन्किएको लावा,
निभ्दैन बरू देश स्वाहा हुन्छ तमास हुनसक्छ।

बरू सबै मानव हौँ छाडौं पहिचान यो जातको,
यो क्रान्तिकै तलासमा भ्रान्तिको रास हुनसक्छ।

भन्छन् यहाँ तरवार र कलम हुन्छन् शक्तिशाली ,
मैत्रिपूर्ण छलफल गरे कलम निकास हुनसक्छ।

॥२॥

त्यो साँच्चै गद्दार थियो वा बफादार थाहाछैन,
देशको थियो वा विदेशको सरकार थाहाछैन।

म आफ्नै धुनमा छु देश र जनताको के थाहा,
धनको लोभमा गरेहौँला भ्रष्टाचार थाहाछैन।

कसरी भनु म त्यो अपराधी हो शेर्छ ऊ घाँटी,
न मसँग प्रमाण छ न कुनै आधार थाहाछैन।

भन्नेहरू भन्छन् खुब रमायो कमायो थुपार्यो,
खैत आफ्नै ठेकाना डुलियो संसार थाहाछैन।

आयो जीवनमै आँधिवेरी किन लगायो आगो,
सुखको खोज्दा हुन्छ दुःख लगातार थाहाछैन।

॥३॥

आफ्नैको बिच हुन्छ तकरार वे हिसाब,
चिप्लिदा नैन नैनसँग इन्कार वे हिसाब।

उठायो माथि पुरायो पाताल कुरैकुरामा,
गुमाउछन् आ आफ्नै संसार वे हिसाब।

बानायौँ घरिघरी योजना हारको उनैले,
त्यही बन्छ लडाईकै आधार वे हिसाब।

पगाल्छन् पत्थर पनि बानाई आफ्नो,
बन्छन् मिलाएर दिल गद्दार वे हिसाब।

ढुङ्गाहरू तरास्यौँ मानिस बनायौँ मूर्ति,
झुक्काउँछ त्यही हजार बार वेहिसाब।

नजीर नबनोस् विद्रोही लावा दिलमा,
न जन्मिनु समाजमा गुनेगार वे हिसाब।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur