
भारत–पाकिस्तान तनावका कारण स्थगित गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) अब जेठ ३ गते (मे १७) बाट पुनः सुरु हुने भएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सोमबार बाँकी खेलको परिमार्जित तालिका सार्वजनिक गरेको हो।


पछिल्लो तालिका अनुसार बाँकी १७ खेल ६ सहर — बेंगलुरु, जयपुर, दिल्ली, लखनऊ, मुम्बई र अहमदाबाद — मा सञ्चालन हुनेछन्। प्लेअफका खेलहरूका स्थान पछि घोषणा गरिनेछ। डबल-हेडर खेलहरू आइतबार खेलाइने छन्।
आईपीएलको फाइनल खेल जेठ २० गते (३ जुन) हुनेछ। बीसीसीआईले सुरक्षा निकाय र सम्बन्धित सरोकारवालासँग समन्वय गरेर खेल अघि बढाउने निर्णय गरेको जनाएको छ।





























