आईपीएलबाट पहिलो चरणमै बाहिरियो लखनउ सुपर जायन्ट्स

Image
Nisarga Hospital

यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्स पहिलो चरणमै प्रतियोगिताबाट बाहिरिएको छ। सोमबार राति भएको खेलमा सनराइजर्स हैदरावादले लखनउलाई ६ विकेटले पराजित गर्दै लिगको प्ले अफ सम्भावनामा महत्वपूर्ण जित हात पारेको हो।

CP Hospital Dhangadhi

२०६ रनको लक्ष्य हैदरावादले १० बल बाँकी छँदै चार विकेटको क्षतिमा पुरा गर्‍यो। शानदार ब्याटिङ गरेका अभिषेक शर्माले १८ बलमा अर्धशतक प्रहार गर्दै २० बलमा चार चौका र छ छक्कासहित ५९ रन बनाए। हेन्रिक क्लासेनले २८ बलमा ४७ रनको योगदान दिए। लखनउका दिगवेश राठीले चार ओभरमा ३७ रन खर्चेर दुई विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २०५ रन बनाएको थियो। मिचेल मार्स र आइडन म्याक्रमले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गर्दै आक्रामक सुरुवात दिलाए। मार्सले ३९ बलमा ६५ रन र म्याक्रमले ३८ बलमा ६१ रन जोडे। निकोलास पुरणले २६ बलमा ४५ रन बनाए।

nawajiwan
Attariya Hospital

यस सिजनको आईपीएलमा लखनउसँगै कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, चेन्नई सुपर किङ्स र हैदरावाद पनि पहिलो चरणबाट बाहिरिएका छन्।

गुजरात टाइटान्स, रोयल च्यालेन्जर्स बंगलोर र पञ्जाब किङ्स प्ले अफमा प्रवेश गरिसकेका छन्। मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच भने प्ले अफ स्थानका लागि कडा प्रतिस्पर्धा जारी छ।