चिया र म

Image
Nisarga Hospital

गर्मिमा तरर हुनेगरी पसिना झरे पनि,
म सिपसिप्याउँछु चिया,
जीवन रस झैँ।
जाडोको कुहिरोमा उष्ण स्पर्श दिन
बाल्यकालको मेरो काख सम्झाऊने गरी
सुरूप्प पार्छु चिया।

CP Hospital Dhangadhi

मेरो मनको मलिनतामा
यो बनेको छ मलम,
रमाइलो गफमा
यो मिठासको संगम,
एकान्तको निस्तब्धता
भंग गर्छ चियाले,
साथीहरूको हाँसोमा थप्छ अर्थ
म अवाक् हुन्छु,
शब्द निस्किन्न चिया देख़्दा।

आँगनमा बस्दा म मग्न हुन्छु त्यही स्वादमा,
विहानीको प्रथम किरणसँगै
चिया मेरो ध्यान बन्छ,
मध्यान्हको थकाइमा
यसको न्यानो अङ्कमाल,
लोभ्याऊछ त्यसको रंगले मात्र पनी,
लट्ठ बन्छु एक घुट्किले समेत।

nawajiwan

साँझपख त यो वियोगको शान्ति बन्छ,
रातको निस्फिक्रीमा आत्माको संगतजस्तै,
चिया केवल पेय होइन,
एक लय हो मेरो जीवनको,
मेरो धडकनमा मिसिएको,
मौन जस्तै,
सायद मजस्तै,
मौन तर प्यारो।

Attariya Hospital

यो प्रेम हो,
अनुहारविहीन, चरित्रबिहीन, आकारबिहीन,
तर हरेक घाम, हरेक छायाँमा,
म फेरि र फेरि बर्बराउँछु :
“चिया! तिमी बिना अधूरो छु म।”

@सानो_बाबु

चियादिवसको शुभकामना

Advertize US