‘एक रुपैयाँ अनियमितता प्रमाणित भए राजनीतिबाटै बहिर्गमन गर्छु’ – गृहमन्त्री लेखक

Image
Nisarga Hospital

गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध भइरहेको आरोपप्रति तीव्र आपत्ति जनाउँदै एक इन्च पनि भ्रष्टाचारमा संलग्न नरहेको दाबी गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनसँग सम्बन्धित विवादबारे बोल्दै उनले यो विषयमा नियोजित षड्यन्त्र भइ झुटा प्रचारबाजी गरिएको स्पष्ट पारेका छन्।

CP Hospital Dhangadhi

शनिबार साँझ सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री लेखकले चुनौतीपूर्ण शैलीमा भने, ‘मेरा सार्वजनिक जीवनमा, मेरो राजनीतिक यात्रामा यदि एउटामात्रै पनि आर्थिक अनियमितता प्रमाणित भयो भने म केवल पदबाट होइन, राजनीतिबाटै सन्यास लिन्छु।’

उनले आगामी १३ गते प्रतिनिधिसभामा विस्तृत रुपमा जवाफ दिने तयारी गरेको पनि जानकारी दिए।

nawajiwan
Attariya Hospital

गृहमन्त्री लेखकले गृह मन्त्रालय अन्तर्गत लाखौं कर्मचारी रहेको स्मरण गराउँदै कुनै पनि समयमा कुनै पनि कर्मचारीमाथि अनुसन्धान हुनु स्वाभाविक प्रक्रिया भएको बताए। उनले प्रश्न गर्दै भने, ‘के कुनै कर्मचारीमाथि अनुसन्धान सुरु भयो भन्दैमा मन्त्रीले राजीनामा दिनुपर्ने चलन बसाउने हो? इतिहासमा कहिल्यै यस्तो भएको छ?’

आफूमाथि आएको आलोचना नियोजित रूपमा फैलाइएको भन्दै उनले यसलाई राजनीतिक बदनाम गर्ने प्रयासका रूपमा चित्रण गरेका छन्। मन्त्री लेखकको यो कडा प्रतिक्रियाले सत्ता र प्रतिपक्ष दुवै भित्र थप बहस सिर्जना गर्ने निश्चित देखिन्छ।