सुरेशकुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कसैको पिठो बिक्दैन कसैको खरानी बिक्छ,
समाजमा आँसु बिक्दैन उस्को जवानी बिक्छ।
गरिबको त कुरै नगर छैन मूल्य हाड छालाको,
तर उसैको जीवनमा आधारित कहानि बिक्छ।
ताहा छ पैसाले चलाएको छ बध्दशाला पनि,
कोशी गण्डकी बिक्यो भोली राजधानी बिक्छ।
हामिले यस्तै नेता छान्यौँ भने देश कहाँ जाला,
सिक्किममै जस्तै पुर्वजहरूको लगानि बिक्छ।
यही देश युवा बिहिन भयो न्याय बिहिन भयो,
गुमनाम भए शहिद तर उनैको कुर्वानी बिक्छ।
भ्रष्टाचार जताततै पानी बिक्छ र उस्तै जवानी,
के भनौँ कथा इमन ओझेलमै वैइमानि बिक्छ।

CP Hospital Dhangadhi

॥१॥

गणतन्त्र पनि गणतन्त्र जस्तै खास हुनसकिन,
देशभित्र सुख्ख र शान्तिको निवास हुनसकिन।
nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa
उनैको छ हालिमोहाली देश त नाङ्गेझार भयो,
पाएन देशले निकास उस्तै विकास हुनसकिन।
जस्को जोत उसकै पोत नारा घन्काएकै थियौँ,
तर दुरभाग्य देशभित्र त्यो इतिहास हुनसकिन।
आयो सङ्घीयता बढ्यो खर्च ऋण माथि पुग्यो,
छोरा छोरी विदेश गए वृद्धाको पास हुनसकिन।
विदेशीहरूकै चलखेल झनै बड्यो हिँजो भन्दा,
साम्राज्यवादी दुश्मनको सत्यनाश हुनसकिन।
गणतान्त्रिक व्यवस्था सँग आसा त धेरै थियो।
भयो तितो पिरो खोजेको झैँ मिठास हुनसकिन।
॥२॥
गणतन्त्र पनि गणतन्त्र जस्तै खास हुनसकिन,
देशभित्र सुख्ख र शान्तिको निवास हुनसकिन।
उनैको छ हालिमोहाली देश त नाङ्गेझार भयो,
पाएन देशले निकास उस्तै विकास हुनसकिन।
जस्को जोत उसकै पोत नारा घन्काएकै थियौँ,
तर दुरभाग्य देशभित्र त्यो इतिहास हुनसकिन।
आयो सङ्घीयता बढ्यो खर्च ऋण माथि पुग्यो,
छोरा छोरी विदेश गए वृद्धाको पास हुनसकिन।
विदेशीहरूकै चलखेल झनै बड्यो हिँजो भन्दा,
साम्राज्यवादी दुश्मनको सत्यनाश हुनसकिन।
गणतान्त्रिक व्यवस्था सँग आसा त धेरै थियो।
भयो तितो पिरो खोजेको झैँ मिठास हुनसकिन।

॥३॥

सरकार आफैले देश कङ्गाल बनाएर छाड्यो,
भिखारी कतै जोगी को चाल बनाएर छाड्यो।
जनतालाई त अघात छ मातृत्वभूमिकै मायाँ,
न मानो छ न छानो यो हाल बनाएर छाड्यो।
दुःखको भारी बिसाएर कता सजाउँ सपना,
न जागिर पायौँ नत तिर्पाल बनाएर छाड्यो।
जुम्ला उस्तै भयो उस्तै भयो कालिकोट पनि,
देशमा इमानको अनिकाल बनाएर छाड्यो।
घरघरको राजनीति भयो पेसानै बनाएउँछन्,
भाई दाईको बिचमा पर्खाल बनाएर छाड्यो।
एक गास खानको लागि विदेशी भूमिमा छौँ,
युवाहरूलाई दुश्मनकै ढाल बनाएर छाड्यो।

॥४॥

हाल सोध्नेहरू पनि त त्यो वेला कहाँ सोध्छन्,
जुनवेला आफुलाइ हुन्छ झमेला कहाँ सोध्छन्।
घाइते भएपछि बल्ल ऊ गुलदस्ता लिएर आयो,
लडिरहेको वेला मित्रहरू अकेला कहाँ सोध्छन्।
भुँइको टिप्दा खोल्टीको खसेपछि नै थाहा भयो,
त्योपनि त परेछ दुश्मनको फेला कहाँ सोध्छन्।
देखिन अचेल काम गर्नेहरूलाई कसैले सोधेको,
अल्छिहरूको नै हुन्छ दिनौँ भेला कहाँ सोध्छन्।
यो पुँजि प्रधान समाजमा तिमिले दुःख नदेखाए,
पैसा छ भने हायहाय न भए धेला कहाँ सोध्छन्।
ताकत,पैसा पद वा नेताकै चम्चा अचेल छ यस्तै,
सोजा इमानदारलाई त गर्छन् हेला कहाँ सोध्छन्।
सुरेशकुमार पाण्डे दाङ घोराही १८
Dhnagadhi & Krishanapur