
चोखो मिठो खान दिएपनि अगत्तिलो लाग्छ,
बोलिमै मिठास भएन भने असजिलो लाग्छ।
हामीहरू खान्छौँ परिश्रम गरेर पसिना पोखी,
लुटेर खानु भनेको त अप्ठारोमा पिलो लाग्छ।
हेक्का रहोस् छुट्टाउँदैन कुनै सिमानाले हिया,
सन्तान् जहाँ भएपनि आफ्नो जिलो लाग्छ।
कहिल्यै गुलाम भएनौ हिमाल पहाड मधेसी,
दलालहरूको व्यवहार हेर्दानै धमिलो लाग्छ।
कति सुन्दर छ नेपाल देशको भूगौल मिलेको,
साधन श्रोत त छन् विकास भने ढिलो लाग्छ।

॥१॥
कतै शुभ यात्रा हुन्छ कतै श्रद्धाञ्जली देखिन्छ,
मुहार पुस्तिकामा देशको मुहार असली देखिन्छ।
दुःख र पिढाले भरिभराव मुहार पुस्तिका हेर्दा,
देशको यो साशन व्यवस्था नै जङ्गली देखिन्छ।
कतै दुर्घटनामा ज्यान गएको छ कतै परदेशमा,
कतै मिडियामा समाचार पनि नक्कली देखिन्छ।
कसको विश्वास गरौँ कसको नगरौँ हामि जनता,
काखमा पलेकै समेत झुटको अम्मली देखिन्छ।
आमाले छाडेर गएको पनि धेरै भयो किनहोला,
अनुहार आँखाका ओरिपरी झल्झली देखिन्छ।




॥२॥
॥४॥
गरिबको घरमा सधैँ दुःख एकनास आउछ,
पैसाको आस गर्दा बाकसमा लास आउछ।
कसलाई भनौँ हामी आफ्नो मनको बेदना,
जुन सरकार आउँछ विदेशको दास आउछ।
आँमा भन्नुहुन्थ्यो छोरा तिमी भाग्यमानि छौ,
किनकी मलाई रातिमा सपना खास आउछ।
सुख्ख त कुहिराको काग झैँ कता बिलायो,
आफ्नो पोल्टिमा सधैँ दुःखको रास आउछ।
चुनाव आउछ र महंगी आउछ हाम्रो देशमा
देशले न निकास पाउँछ न विकास आउछ।
नेताहरू थुप्रै आस्वासन बोकी आउँछन् यहाँ,
राहत आउँदैन उखान उस्तै बक्वास आउछ।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































