नेपालको कोशी प्रदेशमा मनसुन सक्रिय, देशका केही भागमा वर्षा र चट्याङ्गको सम्भावना

Image
Nisarga Hospital

देशको पश्चिम र मध्य भू–भागमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव देखिएको छ भने कोशी प्रदेशमा मनसुनी वायु सक्रिय भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार २०८२ असार १५ गते (बिहीबार) रातिदेखि पूर्वबाट प्रवेश गरेको मनसुन कोशी प्रदेशका अधिकांश भू–भागमा फैलिसकेको छ।

हाल गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहँदा अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

nawajiwan

मौसमी पूर्वानुमान अनुसार:

कोशी प्रदेशका थोरै स्थान र

Attariya Hospital

बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा

आगामी केही घण्टामा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै देशका उच्च–पहाडी र हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा वा हिमपात पनि हुनसक्ने जनाइएको छ।

सतर्कता अपनाउन आग्रह
मौसमी परिस्थितिका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा असर पर्न सक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आम नागरिकलाई अनुरोध गरेको छ।

Advertize US