
किन हुँन्छ मरेपछि स्वर्ग जाने रहर मान्छेलाई,
देख्छौँ धुवाँ बनी उडेको हुँदैन असर मान्छेलाई।
हामिले देखेको भोगेको यही चोला यसैमा सबै,
किन हुनसक्दैन यथार्थ कुराकै खबर मान्छेलाई।
चमत्कार खोज्दाखोज्दै सिद्यिन्छ यो चोला पनि,
सधै ट्वाल पर्छ अनि हेरिरहन्छ बगर मान्छेलाई।
यो जिन्दगी हो छोंटो सम्झिए छोंटो नत्र छ लामै,
नगरि सुख्ख हुँदैन शङ्घर्ष र सफर मान्छेलाई।
भला गरे भलै हुन्छ मन मष्तिक सबैसँग हुँनेहुदा,
विवेकसिल मानिसको नै हुन्छ कदर मान्छेलाई।
फरक यित्ती छ पशु त मरेर पनि हुन्छन् बिक्री,
मान्छे जिउँदै बिक्छन् मरे हुन्छ डर मान्छेलाई।

॥१॥
इमानको लागि पनि लडाई वेइमान सँग हुन्छ,
तिमि एक्लै भएपनि लडाई खानदान सँग हुन्छ।
यो समाजमा बिभिन्न खाले मानिसहरू हुँनेहुँदा,
समस्याको पनि समस्या त्यो बखान सँग हुन्छ।
उसले भ्रष्टाचारकै बिरूद्धमा बंन्दुक छोपेको हो,
भन्छ भ्रटाचार मेरै आर्थिक समाधान सँग हुन्छ।
यहाँ त आर्थिक लाभ पद प्रतिष्ठाको लाभ लिन,
भ्रष्टाचार वेइमान पनि जुडेको परान सँग हुन्छ।
अब राम्रो लाग्न थाल्यो पार्टी पनि आँशिक सुध्रे,
अब फेरी चुनावी तालमेल पनि शान सँग हुन्छ।
यहाँ त मनपरि हुन्छ नेतामा वृद्धा र छन् महिलाँ,
देशकै मुहार फेर्ने त खाडी की जापान सँग हुँन्द।




॥२॥
फूल गुराँश झैँ अधर पागल बनाई छाड्यो,
सपनिमै के आउँथ्यो घायल बनाई छाड्यो।
निस्वार्थकै खोजिपनि त स्वार्थ हुँदो रहिछ,
स्वार्थ पसे पछि उथल्पुथल बनाई छाड्यो।
न आउँदै भुइचाल किन मन मष्तिक पनि,
हिलायो जीन्दगी र हलचल बनाई छाड्यो।
जिउँन छाडि सकेको म उदास चल्दाचल्दै,
गनतब्यमा न पुग्दै बिफल बनाई छाड्यो।
जलाएकै थियो धुवाँ बिनाकै आगो लगाई,
हुरी बनेर आयो त्यो सितल बनाई छाड्यो।
बालेर मशाल हिंडियो जीवनभरी उकालो,
हुरि चल्यो अनायसै दल्दल बनाई छाड्यो।
॥३॥
काम गर्न नजान्दा बद्नाम उस्तै हुन्छ,
जसले हाने पनि अञ्जाम उस्तै हुन्छ।
भन्छन् चोरेर ढाँटेर कहिल्यै न राख्नु,
काहाँ चिन्निन्छ मित्र दाम उस्तै हुन्छ।
पैसाको रूख हुँदैनन् छोरा खेती गरौँ,
जता गएपनि आफ्नो काम उस्तै हुन्छ।
आफ्नो दुःख त जता गएपनि पेटमा,
समय चीनौँ आराम हराम उस्तै हुन्छ।
ऊ भन्छ घनले होइन बिंडले हानेको,
यो जिब्रालाई पनि लगाम उस्तै हुन्छ।
साध्य छैन भ्रष्टाचारी त कतिछन् कती,
फरक पर्दैपर्दैन जती ठटाम उस्तै हुन्छ।
॥४॥
व़किलहरू पनि पत्रकारसँग हातापाई गर्नथाले,
आफ्नो कालो कोटको ताकत देखाई गर्नथाले।
सार्वजनिक ठाउँमा फोटा खिच्दा केमरा फोड्न,
पत्रकारको हातकै केमरा झण्डै समाई गर्नथाले।
अन्यायको बिरूद्ध लेखछन् प्राण हत्थकेलामा,
उनैमा अन्याय हरामको पैसाले अघाई गर्नथाले।
जनताले न्यायको आसा गर्ने कसोगरी यिनै सँग,
पत्रकार माथि हातापाई पुर्पुरो तताई गर्नथाले।
कालो कोटभित्र न्यायको बिशाल हृदय हुनुपर्छ,
तर गरिबलाई लुट्ने काम नेता फकाई गर्नथाले।
पत्रकार व़कील कर्मचारी जनताहरू भाई भाई,
बिडम्वना पवित्र साइनो भुलेर लडाई गर्नथाले।
सुरेशकुमार पाण्डे दाङ घोराही १८

































