बिहीबारको दिनमा यस्ता क्रियाकलाप गर्नाले मनोकामना पुरा हुनुको साथै सुख,शान्ति संबृद्धी प्राप्त हुने धार्मिक विश्वास

Image
Nisarga Hospital

सनातन धर्ममा हरेक बारलाई कुनै न कुनै देवी-देवताको पूजा अर्चनासँग जोडिएको मानिन्छ। बिहीबार देवगुरु बृहस्पति र भगवान विष्णुको लागि समर्पित छ। यस दिन विशेष रूपमा पूजा गर्नाले सांसारिक सुख-शान्ति र मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

CP Hospital Dhangadhi

बृहस्पति र भगवान विष्णुको पूजाको महत्त्व:

आध्यात्मिक लाभ:
बिहीबार भगवान विष्णुको पूजा गर्नाले धन, पुत्र, विद्या, र समृद्धि प्राप्त हुने धार्मिक मान्यता छ।

nawajiwan

राशिचक्रको सम्बन्ध:
धनु र मीन राशिका स्वामी बृहस्पति भएकाले यी राशिका व्यक्तिहरूले विशेष रूपमा बृहस्पतिको पूजा गर्नुपर्छ।

बृहस्पतिलाई ज्ञान, बुद्धि, र वैदिक धर्मका संरक्षकका रूपमा पूजा गरिन्छ।

Attariya Hospital

विशेष विधि:

पहेलो रंगको कपडा लगाउनु शुभ मानिन्छ।
पहेँलो वस्तुको दान गर्दा शुभ फल प्राप्त हुने विश्वास गरिन्छ।
भगवान विष्णुका साथ उनकी पत्नी लक्ष्मीको पूजा पनि गर्नुपर्छ, जसले घरमा सुख-समृद्धि ल्याउँछ।

जनविश्वास:
सनातन धर्मका ३३ करोड देवी-देवता मध्ये सबैको पूजा गर्न कठिन भएकाले हरेक बारमा विशेष देवी-देवतालाई समर्पित गरिएको छ। बिहीबारको पूजा सांसारिक सुखका लागि विशेष रूपमा लाभदायक मानिन्छ।

धार्मिक मान्यताअनुसार बिहीबारको पूजा आस्था, श्रद्धा, र नियमका साथ गर्ने हो भने जीवनमा ज्ञान, शान्ति, र समृद्धि प्राप्त हुन्छ।

Advertize US