सुरेश कुमारका केही उत्कृष्ठ गजलहरु

Image
Nisarga Hospital

कति मर्छन् कति मारिन्छन् सफर जिन्दगि,
जिवित कुनै रहँनेछैन सबैको बगर जिन्दगि।

CP Hospital Dhangadhi

काल त आउँछ जन्मिएकालाई यो जगतमा,
के गरौँ काल आए जिउँने भई रहर जिन्दगि।

बिचार र व्यवहार मर्दैन सरिर ढलेपनि राम्रो,
नेक बिचार भए बनाइदिन्छ अम्मर जिन्दगि।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कालसँग डराएर कहाँ भाग्छौ त्यो साथसाथै,
बिना कालको त कहा हुन्थ्यो कदर जिन्दगि।

दुःख सुख्ख घाम छायाँ यसैलाई सम्झौँ मित्र,
घाउभित्र लुकाएर मुस्कुराउने अधर जिन्दगि।

॥१॥

जतिवेला भेट हुन्छौँ उस्तै प्रेमिल गन्थन पनि हुन्छ
यत्ति त बुझौँ,मित्रकै आवरणमा दुश्मन पनि हुन्छ।

जहाँ देश बनाउँने छल्फल चल्दैगर्दा मायाँका कुरा,
सोचेकै हुँदैन कसैले हामी बिच गनगन पनि हुन्छ।

खै किन अप्ठारो लाग्यो आजको माहोल नसोचेकै,
भाषन जेजस्तो आएपनि ताली दनादन पनि हुन्छ।

केहि बोलिन चुपचाप सुनिरहें रत नेता मख्ख पर्यो,
थाहाछ चोरलाई चोर नभन्नु आफ्नो पन पनि हुन्छ।

एउटा भिड छिचुल्दै आयो र मलाई गुरू भनि गयो,
ऊ भ्रष्टाचारी थियो भन्ने सुन्दा पिडा झन पनि हुन्छ।

हिँजो गुरूले गैसको खानि पत्ता लागेको सुनाउँदा,
दुश्मन नलागे देश धनि र देशमा इञ्धन पनि हुन्छ।

॥२॥

रेमिटेंसबाट आएको बजेटमा छलफल भएपछि
विकास हुँदैन बाँडफाड गरेर खाने दल भएपछि।

देशमा उद्योगका लागि छुट्याएको बजेट देखिदैन,
फुरूक्क युवा परदेशमा रोजगारको हल भएपछि।

संसदभित्र हाना हाना हुन्छ कुर्चि फालाफाल सधैँ,
केभन्ने देशको भन्दा पार्टीकै मुद्धा अटल भएपछि।

आफै जान्नेमान्ने अरू सबै भेँडा जस्तो सम्झिन्छन्,
सबैले उपहास गर्छन् सिखर मै वेअक्कल भएपछि।

हाम्रो देश जस्तै संसारमा कतै भेट्टिन खोज्दा आज,
उत्पादन पनि खुबै हुन्छ सिंचाई जल मल भएपछि।

विदेश नजाउँ मित्र विकास यही माटोमा हुन्छ खुबै,
देशभित्र युवाशक्ति अनि नृतित्वमा असल भएपछि।

॥३॥

यो देशमा सधैँ दुश्मनले भने अनुसार किन हुन्छ,
जसलाई चुन्यौँ ऊ विदेशको बफादार किन हुन्छ।

गर्नैपर्छ राजनीति त सबैलेपनि गर्छन् संसारभरी,
हाम्रो देशमा दाजु भाई बिचमा दरार किन हुन्छ।

छानिछानी पठाउँछौँ जसको बिरूद्धमा हामिहरू,
उसैको नेतृत्वमा फेरिपनी यो सरकार किन हुन्छ।

परिश्रम नगरि न खाने विरको सन्तान् हौँ नेपाली,
तर पनि हाम्रै देशमा सधैँ यो भ्रष्टाचार किन हुन्छ।

न्यायबाट समेत विश्वास उड्दै छ यही समाजको,
कसैले त भनौँ न्याय कानुनमै व्यापार किन हुन्छ।

जनताहरूले बुझ्न खोजेको त कुरा यत्तिनै होला,
कहिले सडक कहिले सदन मारा मार किन हुन्छ।

सुरेशकुमार पाण्डे दाङ घोराही १८

Dhnagadhi & Krishanapur